सप्तरी २ मा जनमतका दुवै उम्मेदवार विजय

सप्तरी मंसिर ६ गते । सप्तरी २ को प्रदेशसभातर्फका दुवै सिटमा जनमत पार्टीका उम्मेदवार विजयी हुनु भएको छ । सप्तरी–२ को प्रदेशसभा क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिश कुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी हुनु भएको छ ।,

उहाँले जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साहलाई पराजित गर्नुभएको छ । साहले जम्मा ८ हजार २९२ मत पाउनु भएको छ । यस्तै तेस्रोमा लोसपाका सरोज कुमार मण्डलले ६ हजार १३२ मत पाउनु भएको छ ।

यस्तै प्रदेशसभातर्फको क्षेत्र नम्बर २ (ख) मा पनि जनमतकै महेश प्रसाद यादव विजयी हुनुभयो । उहाँले १३ हजार ३२५ मतका साथ विजय हासिल गर्नुभएको हो भने माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत पाउनु भएको छ । यस्तै जसपाका लक्ष्मण यादव तेस्रो हुनु भएको छ । ।

तपाईको प्रतिक्रिया