जसपाका खाता खुल्योः पर्सा १ मा प्रदीप यादव विजय, लक्ष्मणलाल कर्णको जमानत जफत

पर्सा मंसिर ७ गते । जनता समाजवादी पार्टी ेनेपालका केन्द्रीय सदस्य प्रदीप यादव पर्सा १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रदीप यादव चुनाव जित्नु भएृको छ । जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादव आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई १ हजार ६२० मतले पराजित गर्नुभएको छ ।
उहाँ यसअघि पनि यही क्षेत्रबाट चुनाव जित्नु भएको थियो । यस क्षेत्रमा २०४६ सालपछि दोहोरिएर निर्वाचित हुने उहाँ पहिलो सांसद् हुनुहुन्छ ।

नेता यादवले २२ हजार ५३७ मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९१७ मत ल्याउनु भएको छ । त्यस्तै राप्रपाका किरण मान डंगोलले २ हजार ६५९ मत ल्याउनु भएको छ भने पाँच दलीय गठबन्धनको साझा उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । कर्णले मात्र १ हजार ११७ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया