सर्लाही १ (क) बाट उपेन्द्र महतो विजय

सर्लाही मंसिर ७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता उपेन्द्र महतो सर्लाही निर्वाचन क्षेत्र नं १ (क) मा प्रदेश सभा सदस्यमा विजय हुनु भएको छ । उहाँले १२ हजार २६५ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका रामचन्द्र कुशवाहाले १० हजार १३७ मत ल्याउनु भएको छ ।

यसअघि पनि सोही क्षेत्रबाट चुनाव जित्नु भएका नेता महतो पाँच वर्षको कार्यकालमा गर्नुभएको विकासका कारण चर्चामा आउनु भएको छ । उहाँले गरेको विकासका कारण पुनः विजय हुनुभएको छ ।

तपाईको प्रतिक्रिया