गाउँपालिकामा हारेका संजय प्रदेश सभा सदस्यमा जिते

सिरहा मंसिर ९ गते । जनमत पार्टीका सचिव संजय यादव सिरहा २ (क) मा प्रदेश सभा सदस्यमा विजय प्राप्त गरेका छन् । उहाँले जनता समाजवादी पार्टीका कार्यकारिणी कृषि मन्त्री विजय यादवलाई पराजित गर्नुभएको छ ।

जनमतका सचिव सञ्जय यादवले १२ हजार १७१ मत ल्याउनु भएको छ भने मधेश सरकारका कृषि मन्त्री समेत रहनु भएका जसपाका नेता विजय यादवले ११ हजार ५२७ मत ल्याउनु भएको छ । अर्थात जनमत पार्टीका सचिव संजय यादवले विजय यादवलाई ६४४ मतको अन्तरले हराउनु भएको छ ।

संजय यादव र विजय यादव एउटै गाउँपालिकाका हुनुहुुन्छ । जनमत पार्टीका सचिव संजय यादव यसअघि सम्पन्न स्थानीय तहको चुनावमा औरही गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्नु भएको थियो । तर उहाँ तेस्रो स्थानमा सिमित हुनुभएको थियो । उहाँलाई जसपाका उम्मेदवार शिवजी यादवले हराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया