जसपाका रामसहाय यादव प्रतिनिधि सभा सदस्यमा विजय

बारा मंसिर १० गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामसहायप्रसाद यादव बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार ८२२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गर्नुभएको छ । रामसहाय यादवले ३५४ मतको अन्न्तर कुशवाहालाई हराउनु भएको छ ।

खरायो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । बारा–२ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुसासन पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया