सिरहाको कार्यालयले गर्यो यस्तो निर्णय

सिरहा मंसिर १२ गते । सिरहा जिल्लाका सम्पूर्ण कार्यालयले प्रत्येक महिनाको सात गतेभित्र आफ्नो खर्च विवरण सार्वजनिक गर्ने निर्णय भएको छ ।
सिरहाको सिडियोको अध्यक्षतामा हिजो बसेको जिल्ला स्थित कार्यालयहरुका सूचना अधिकारीको त्रैमासिक बैठकवाट सो निर्णय भएको हो ।
आआफ्नो कार्यालयमा सबैले देख्ने गरी फ्लेक्स बोर्ड राखी ३/३ महिनामा आफूले गरेको कामको विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
कार्यालमा भएको खर्चको फांटवारी र कार्यालयको प्रगती विवरण प्रत्येक महिनाको ७ गतेभित्र विभिन्न माध्यमबाट सार्वजनिक गर्ने आठ बुँदे निर्णय भएको छ ।

 

तपाईको प्रतिक्रिया