गठबन्धन सरकारमा जानका लागि राउत सकारात्मक

काठमाडौँ मंसिर १५ गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर गठबन्धनसँग सहकार्य गर्नेमा सहमति जनाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटघाटमा प्रधानमन्त्री देउवाले गठबन्धन सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको सो आग्रहप्रति अध्यक्ष राउत सकारात्मक रहेको बताइएको छ ।

स्रोतका अनुसार अध्यक्ष राउतले सरकार बनाउन गठबन्धनलाई सहयोग गर्न आफूहरुलाई आपत्ति छैन तर त्यसको लागि आफूहरुले उठाउँदै आएको माग मुद्दाको बोरेमा पनि गठबन्धन तथा सरकारले स्पष्ट गर्नुपर्ने धारणा राख्नु भएको छ । प्रधानमन्त्री देउवाले पनि मधेशका मागप्रति आफू सकारात्मक रहेको र मिलेर त्यसलाई समाधान गरिने प्रतिवद्धता जनाउनु भएको छ । भेटघाट र छलफललाई निरन्तरता दिने सहमति भएको स्रोतले जनाएको छ ।

जनमत पार्टीका नेता बीपी यादवका अनुसार भेटघाटमा दुवै नेताले एक अर्कालाई चुनाव जितेकोमा शुभकामना दिनुभयो, साथै संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल पनि छलफल गर्नुभयो । प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा।राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सृजना गर्नेलगायतका एजेण्डा उठाउनु भएको नेता साहले बताउनुभयो । ।

जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिनु भयो ।

दुबै नेताबीच पहिलो चरणको छलफल भएपनि कुनै निर्णयमा पुगिएको छैन। थप छलफल गर्ने सहमति भएको छ।

तपाईको प्रतिक्रिया