‘आहाँ बात करु’ सार्वजनिक

युवा निर्देशक रोशन दासको ‘अहाँ बात करू’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । दासको निर्देशन, कथा र परिकल्पना मैथिली सिने क्षेत्रमा मैथिलीकर्मीहरूले बडो सकारात्मकताका साथ लिई रहेका छन् ।

केही दशक पहिले मैथिल समाजलाई पृष्ठभूमि बनाएर छोटो कथावस्तुमा तयार पारिएको म्युजिक भिडियोमा एक जोडीको रोमाञ्चक एवं सघर्षील प्रेम कथा प्रस्तुत गरिएको छ । वरिष्ठ सङ्गितकर्मी गुरुदेव कामतको शब्द र सङ्गित रहेको यस गीतमा मधुर स्वरका धनी डा.शैलेशकुमार मिश्रले आफ्नो स्वर दिनुभएको छ । प्रसिद्ध सङ्गितकार शैलेन्द्र विश्वकर्माद्वारा सङ्गित संयोजन गरिएको छ ।

सपना साह र मुकेश साहको मुख्य भूमिकामा रहेको यो म्यूजिक भिडियो ‘रेज ईन्टरनेन्मेन्ट’ यूट्युबबाट सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोलाई एच.पी कँडेलले छाँयाकन गरेका हुनुभएको छ भने कवीर ओडले सम्पादन गर्नुभएको छ । सो गीतलाई मैथिलीको प्रथम म्यूजिक स्ट्रीमिङ्ग एप ‘म्यूजिक मैथिली’ मा समेत सुन्न सकिन्छ ।

मिथिलाको यो एउटा पुरानो प्रेम कथा मैथिलीको ओईली रहेको पर्दाको लागि सुगन्धित कोसेलीको रूपमा बाहिरिएको छ । स्तरीयता, मौलिकता, मधुरता भर्दै यो भिडियो निश्चय मैथिली फिल्म पथको लागि ‘माइलस्टोन’ साबित हुने युवा सङ्गीतकर्मी विद्यानन्द वेदर्दीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया