मधेशमा थाहै निदिइकन चिनियाँ क्याम्प

पछिल्लो समय चीनले नेपालमा आफ्नो गतिविधि तीब्र रुपमा अगाडि बढाएको छ । २०७४ को चुनावपछि बनेको सरकारलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेपछि नेपालमा चीनका गतिविधिले तीब्रता पाएको थियो । एमाले–माओवादी केन्द्रलाई मिलाएर नेकपा बनाउने काम चीनले गरेको थियो ।

त्यसको मौकाको फाइदा चीनले उठायो । चीनले हरेक क्षेत्रमा आफ्नो मान्छे छिराउन थाल्यो । नेपालका हरेक प्रोजेक्ट आफ्नो हातमा लिन थाल्यो । सरकारमा जवर्जस्त रुपले आफ्नो हस्तक्षेप बढाउन थाल्यो । त्यतिबेला भारत रक्षात्मक अवस्थामा पुगेको थियो ।

जब नेकपा विभाजन भएर एमाले र माओवादी अलग अलग भयो र ओली नेतृत्वको सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । त्यसपछि चीन थोरै छायाँमा पर्यो । देउवा नेतृत्वको सरकारमा चीनले आफ्नो गतिविधि त्यति गर्न पाएनन् । पाएका थुप्रै प्रोजेक्टहरु फिर्ता हुन थाले । ठेक्काहरु रद्द हुन थाले । उता, चीनले पनि नेपाल–चीन नाकामा नाकाबन्दी जस्तै गर्यो । र, त्यसपछि नेपालमा भारत पुनः हावी भयो ।

चीनले मधेशमा पनि आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ । त्यहाँका सरकारदेखि लिएर विभिन्न मन्त्री, सांसदसँग सम्पर्क बनाएर मधेशमा पनि आफ्नो कार्यक्रमहरु राख्न सफल भयो । र, त्यही क्रममा एउटा चिनियाँ कम्पनीले महेन्द्र राजमार्ग विस्तार गर्ने ठेक्का प्राप्त गर्यो । जुन राजमार्ग तराई मधेश हुँदै गएको छ । सो चिनियाँ कम्पनीले सिरहाको लहानमा आफ्नो क्याम्प खडा गरेको छ ।

त्यहाँको दरवार होटल पुरै भाडामा लिएको छ । सो होटललाई महिनाको सात लाख भाडा मात्र तिर्छ । त्यहाँबाट भारतको बोर्डर १८ किलोमिटर मात्र रहेको छ । राजमार्ग विस्तारका लागि सो अफिस खडा गरेपनि त्यहाँ चाइनिजहरुको आउजाउ बाक्लै हुन्छन् ।

चिनियाँहरुको गतिविधिहरु प्रष्ट रुपमा देख्न पाइन्छ । त्यहाँ जाने चिनियाँहरु त्यहाँका स्थानीयहरुसँग घुलमिल भइरहेका छन् । काम गर्ने लेवरहरु समेत चीनबाट नै आएका छन्, अन्य बाँकी लेवरहरु त्यहीँका स्थानीहरु छन् । त्यही स्थानीमार्फत चिनियाँहरु गाउँघरमा पनि आफ्नो सम्बन्ध स्थापित गरिरहेको छ ।

(पुस १६ गतेको सहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया