उपसभामुखका लागि आज चुनाव हुँदै

काठमाडौँ माघ ७ गते । प्रतिनिधिसभाको उपसभामुखका लागि आज १० वजे मतदान हुन गइरहेको छ ।

सो पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर र काँग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दिनुभएको छ ।

इन्दिारालाई एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ भने मुक्ता यादवलाई नेकपा एकीकृत समाजवादी पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।

स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ आदिवासी जनजाति कोटाबाट इन्दिरा सांसद बन्नुभएको हो । उहाँ झापाका हुनुहुन्छ । ५२ वर्षीया इन्दिरा सामाजिक कार्यकर्ता पनि हुनुहुन्छ ।

धनुषाको सहिद नगरपालिका–१ स्थायी ठेगाना भएकी ४५ वर्षीया मुक्त यादव पहिलादेखि काँग्रेसमा रहेर राजनीति गर्दै आउनु भएको छ । मुक्ताको प्रस्तावकमा कांग्रेस सहमहामन्त्रीसमेत रहनु भएका सांसद बद्रीप्रसाद पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला रहनु भएको छ ।

तपाईको प्रतिक्रिया