डीडीसीको कर्मचारी संघको अध्यक्ष यादव

काठमाडौँ माघ ८ गते । नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ ।

 

महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल र पदमबहादुर खड्का चयन हुनुभएको छ । उपाध्यक्षमा पूर्वक्षेत्रतर्फ ईश्वरचन्द राजवंशी, मध्य क्षेत्रमा सूर्यदेवप्रसाद यादव र पश्चिम क्षेत्रमा वसन्तकुमार राय निर्वाचित हुनुभएको छ ।

 

सङ्घको महासचिवमा रेवती प्रकाश सुवेदी र उपमहासचिवमा नीरेन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ । सचिवमा पूर्व क्षेत्रतर्फ श्यामकिशोर चौधरी, मध्यक्षेत्रतर्फ नरबहादुर विष्ट र पश्चिम क्षेत्रतर्फ रामरतन रजक निर्वाचित हुनुभएको छ । सङ्घको सहसचिवमा झरना दाहाल, कोषाध्यक्षमा सनोदकुमार पौडेल र सहकोषाध्यक्षमा उपेन्द्रकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

 

त्यसैगरी, सदस्यतर्फ सीता महर्जन, अम्बिका पोखरेल, भगीरथ खड्का, सालिकराम मिश्र, कमलप्रसाद पाण्डे, अञ्जु कोइराला दाहाल, भुषण अधिकारी, गिरीप्रसाद पराजुली, ओमराज रेग्मी, ग्याल्छेन तामाङ, हस्तबहादुर धलान, गणेशप्रसाद पौडेल, शिवलाल घर्ती र रामप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया