वर्षौको दोस्तीमा दरार

नेपालको राजनीतिक परस्थिति जस्तो भएपनि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव कहिले अलग भएको देखिदैन । मधेश आन्दोलनको क्रममा गौर घटना हुँदा प्रचण्ड र उपेन्द्र यादवबीच थोरै मनमुटाव भएको थियो ।

उपेन्द्र यादव भन्ने गर्नुहुन्छ, ‘त्यसबेला माओवादीले मलाई मार्नकै लागि खोजिरहेको थियो । त्यतिबेला माओवादीका लागि सबभन्दा ठूलो दुश्मन मै थिए ।’ जहाँ भेट्यो त्यही उपेन्द्र यादवलाई कारवाही गर्ने माओवादीको सर्कुलर थियो । त्यस्तो लअवस्थाबाट गुज्रेको सो सम्बन्ध विस्तारै हराउँदै गयो र राजनीतिमा यी दुई बीच औचारिक–अनौपचारिक गठबन्धन यसरी कसियो कि कहिले अलग हुनुभएन ।

विगतमा उपेन्द्र यादव पनि माओवादीमा काम गरेको हुनाले यी दुई बीच विचार मिल्दो रहेछ । त्यही भएर जस्तोसुकै अवस्थामा पनि यी दुई बीचको गठबन्धन भत्केन । तर पछिल्लो राजनीतिक घटनाक्रमले बेलाबेलामा यी दुई बीचको दोस्तीमा दरार पैदा (जन्म) भइरहेको छ । काँग्रेस, माओवादीसहितको पाँच दलीय गठबन्धनमा जसपा पनि सामेल थियो । गठबन्धन बनाउनमा उपेन्द्र यादवले प्रचण्डलाई साथ दिनुभएको थियो । सायद उपेन्द्र यादवले साथ नदिएको भए त्यो गठबन्धन बन्ने थिएन । तर, त्यही गठबन्धनमा उपेन्द्र यादवलाई यस्तो अप्ठ्यारोमा पार्यो कि बाध्य भएर त्यहाँबाट निस्किनै पर्यो ।

जसपाका नेताहरु भन्नुहुन्छ, ‘तर प्रचण्डले सहयोग गर्नुभएन, प्रचण्डले त्यतिबेला चाहेको भए उपेन्द्र यादव गठबन्धनबाट निस्कनु हुन्थेन तर उहाँ मौन बसि दिनुभयो ।’ ठिक अहिले पनि त्यही अवस्था सृजना भएको छ । माओवादी–एमाले गठबन्धन बनाउनमा प्रमुख भूमिका खेल्नु भएका जसपा अध्यक्ष उपेन्द्र यादव फेरि पनि त्यो गठबन्धनबाट निस्किने कि रहने अवस्था सृजना भएको छ ।

तर, फेरि प्रचण्डले त्यसैगरि मौन बस्नुभएको छ । विगतमा उपेन्द्र यादवले ठूलै रिश्क लिएर माओवादीका अध्यक्ष प्रचण्डलाई साथ दिँदै आउनु भएको हो । प्रचण्डलाई नै साथ दिएको कारण उपेन्द्र यादवको पार्टी पटक पटक विभाजन भएको हो । तैपनि उहाँले प्रचण्डको साथ कहिले छाड्नु भएन ।

२०६५ देखि संसदीय राजनीतिमा उपेन्द्र यादव हरहमेशा प्रचण्डको साथमा उभिएको पाइन्छ । तर अहिले उहाँ दुवैजनाको बीचमा दरार (फाटो) उत्पन्न भएको छ । सत्ता बाँडफाँटमा उपेन्द्र यादव नेतृत्वको जसपालाई किनारा लगाइएको छ । र, त्यसमा जसपाले मुख्य दोषी प्रधानमन्त्री प्रचण्डलाई देख्छ ।

जसपाका एकजना कार्यकारिणी सदस्यले भन्नुभयो, ‘माओवादी शान्ति प्रकृयामा आएदेखि उपेन्द्रजी प्रचण्डलाई पाइला पाइलामा साथ दिनुभएको छ । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनाउनुदेखि लिएर संविधानलाई अधिकार सम्पन्न बनाउन गठन भएको ३३ दलीय गठबन्धन बनाउनसम्ममा उपेन्द्र यादवको साथ हुनुहुन्थ्यो ।’

गठबन्धन सरकारमा अरु सबैले रोजी रोजी मन्त्रालय पाए, तर जसपाले त्यो सुविधा पाएन । जसपाले तीनवटा नभए उपराष्ट्रपतिसहित दुईवटा मन्त्रालय भए पुग्छ भनि माग गरेको थियो । उपराष्ट्रपति टाढाको कुरा दुईटा मन्त्रालयसमेत रोजेर पाएन जसपाले ।

प्रधानमन्त्री प्रचण्डले वन तथा वतावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय जसपाका लागि छुट्याएर राख्नुभएको छ । कसलाई कुन मन्त्रालय दिने अधिकार प्रधानमन्त्रीसँग हुन्छ तर एमालेका अध्यक्ष केपी शर्मा ओलीको सामु प्रचण्ड निरिह भएर त्यस्तो अडान लिन सक्नु भएन ।

बरु एमाले अध्यक्ष ओलीले राप्रपा र स्वतन्त्र पार्टीका लागि अडान लिएर बस्नुभयो । रोजेको मन्त्रालय दिलाउनु भयो तर सधै साथ पाउँदै आउनु भएका जसपा अध्यक्ष उपेन्द्रका लागि कुनै अडान लिनुभएन । एमाले अध्यक्ष ओलीले छुट्याई दिएको मन्त्रालय अस्विकार गरी जसपा सरकारमा सहभागी भएको छैन । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्रबीच संवाद पनि भएको छैन ।

तपाईको प्रतिक्रिया