मधेश प्रदेशमा कृषि मन्त्रीले लागु गराए निशुल्क कृषि मिटर

धनुषा माघ २२ गते । मधेश प्रदेशका विभिन्न पालिकमा किसानका लागि कृषि मिटर निशुल्क गर्ने प्रकृया कार्यान्वयनमा ल्याइएको छ ।

मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले निशुल्क कृषि मिटर बारेमा मन्त्रालयका सचिव डा.नम्रता सिंह र नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय, मधेश प्रदेशका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरसँग छलफल गरेर सो प्रकृया अगाडि बढाउनु भएको मन्त्रीका निजी सचिवालयले जनाएको छ ।

मधेश प्रदेशभित्र सम्पूर्ण १३६ पलिकाका लागि कृषि विद्युतीकरण गर्र्ने बारेमा मन्त्री कुशवाहाले छलफललाई अगाडि बढाउनु भएको छ । यसअघि विभिन्न जिल्लाको पालिकामा कृषि मिटर निशुल्क दिने निर्णय भएपनि कार्यान्वयनमा आएका थिएन । त्यसलाई मन्त्री कुशवाहाले कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

सप्तरीको राजविराज, रूपनी, छिनमस्ता, बिष्णुपुर, बलान बिहुल, बोदेबरसाइन, खड़क, सुरूँगा, अग्निसाइर पालिका, धनुषाको सबैला, क्षिरेश्वर, बटेश्वर, सहिदनगर, बिदेह, जनकनन्दनी, हंसपुर, कमला, धनौजी, मुखियापट्टी मुसरनिया, मिथिला बिहारी, नगराइन, औरही, लक्ष्मीनिया, जनकपुरधाममा कृषि मिटर निशुल्क दिने भएको छ ।

महोतरीको औरही, गौशाला, सम्सी, भंगहा, एकडारा, पिपरा, मनारा सिसवा, मटिहानी, बलवा, महोतरी, रामगोपालपुर सर्लाहीको ईश्वरपुर, बसवरिया, रौतहटको मौलापुर, देवाही गोनाही, कटहरिया, माधवनारायण, गढिमाई, दुर्गा भगवती, पर्साको बीरगंजमा कृषि मिटर निशुल्क दिने भएको छ ।

निशुल्क मिटर प्राप्तबाहेकका जिल्लाको नेपाल विद्युत प्रधिकरणका कार्यालयका प्रमुखसँग भेटी यस कार्यक्रमका लागी छलफल गर्ने मन्त्री कुशवाहाले निर्देशन दिनुभएको छ । नेपाल विद्युत प्राधिकरणको मापदण्ड अनुसार कृषि बिजुली पालिकाले तिर्नु पर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याउनुपर्ने उहाँले भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया