एमालेमाथि अम्बासले उठाएको प्रश्न

अम्बासको शिक्षा, स्वास्थ्य अवस्था कर्णाली, मुगु, रोल्पा, रुकुमभन्दा गए गुजरेको छ । बरु मुगुमा पिच बाटो पुगि सकेको छ, कर्णालीमा सडक सञ्जाल सबै ठाउँमा पुगेको छ ।

–विजय यादव,-
नेकपा एमालेले भदौं १३ गते सिरहा जिल्ला धनगढीमाई नगरपालिकास्थित वाडा नम्बर १४ मा पर्ने सर्रे अम्बासमा केन्द्रीय सचिवालयको बैठक बसायो । अम्बासमा बसेको त्यो बैठक स्थलमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा आफू निकै अप्ठ्यारो अवस्थामा यहाँ आइपुगे, २०४६ मा जस्तो अवस्था थियो अहिले पनि त्यस्तै अवस्था रहेको कुराले पनि अम्बासको अवस्था छर्लङ हुन्छ ।

भदौं ९ गतेका लागि नै सचिवालको बैठक बोलाएको थियो । सबै तयारी पुरा भएको थियो तर रातीमा पानी परेको कारण त्यहाँ कार्यक्रम गर्ने अवस्था रहेन र अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरेको थियो । पानी सुकेपछि भदौं १३ गते त्यहाँ बैठक राख्यो । यो घटनाले पनि अम्बासको अवस्थालाई उजार गर्दछ ।

केन्द्रीय सचिवालयको बैठक ४५ मिनेट मात्र चलेको थियो । बैठक सकिने बित्तिकै नेताहरु धमाधम त्यहाँबाट भाग्न थाल्नुभयो । पत्रकार तथा जनतालाई सम्बोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित केही नेता मात्र रहनु भयो अन्य सबै नेताहरु त्यहाँबाट टाप कस्नुभयो । यसले पनि बेचारा अम्बासको अवस्थालाई उजागर गर्दछ ।

एमाले सिरहाको अम्बासमा सचिवालको बैठक गर्नु भनेको स्टन्टबाहेक अरु केही होइन भने कुरा प्रष्ट भएको छ । मधेशमा गिर्दै गएको साखलाई जोगाउनका लागि एमाले विभिन्न नाममा मधेशमा छिर्न खोज्दैछ, त्यसको सुरुवात अम्बास बैठक हो नभए ३४ वर्षअघि एमाले कहाँ थियो, ३४ वर्षमा एकपटक पनि अम्बासलाई किन सम्झन भनि एमालेमाथि प्रश्न उठेको छ ।

२०४६ भदौं ९ गते एमालेको चौथो महाधिवेशन भएको ठाउँ हो अम्बास । त्यो महाधिवेशनलाई एमालेजनले ऐतिहासिक भन्ने गर्नुभएको छ । तर त्यो ऐतिहासिक ठाउँलाई ३४ वर्षपछि किन सम्झियो । ३४ वर्षको अवधिमा एमाले पटक पटक सरकारमा गयो । एमालेका मनमोहन अधिकारीदेखि लिएर माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली यो देशको प्रधानमन्त्री बन्नुभयो । २०५६ सालमा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको प्रधानमन्त्री कार्यकाल सानदार रुपले सफल भएको एमालेका नेताहरु चर्चा गर्नुहुन्छ । ऐतिहासिक काम गरेको ब्याज एमालेले आजसम्म खाइरहेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली यो देशमा तीन पटक प्रधानमन्त्री बन्नुभयो । अन्य नेताहरु पनि प्रधानमन्त्री, मन्त्री बन्नुभयो । तर त्यो अबधिमा अम्बासलाई कहिले सम्झनु भएन । २०४६ सालमा अम्बास जस्तो थियो, अहिले पनि त्यस्तै छ । अहिले पनि त्यहाँ मोवाइलमा कुरा गर्न सकिदैन । अहिले पनि कोही विरामी पर्यो भने हतपत कुनै ठाउँमा लिएर जाने अवस्था छैन । अहिले पनि विरामीलाई डोकोमा बोक्ने अवस्था छ ।

 

जसपासँग चुनावी तालमेल नगरेको भए मधेशमा एमालेको कुनै गुन्जाइस थिएन । एमालेले जसपाको टाउको टेकेर मधेशमा प्रवेश गरेको हो । अब जसपा मात्र होइन, अन्य कुनै मधेशवादी दलले साथ नदिने भएपछि मधेशमा आफ्नो स्पेश बनाउनका लागि एमालेले विभिन्न उपायहरु खोज्न थालेको छ ।

माओवादीका नेता हरिनारायण चौधरी धनगढीमाइ नगरपालिकाको मेयर भएपछि विभिन्न ठाउँमा बाटोको ट्रयाक खोलिएको छ तर अझै पिच बाटो बन्न सकेको छैन । पानी पर्यो भने अहिले आवत जावत बन्द हुन्छ । यताको मान्छे उता, उताका मान्छे यता आउन सक्दैन । कुनै खोलामा पुल बनेको छैन । झोलङ्गे पुल हालेको कुरा सुनिएको छ तर अझै गाडी हिड्ने अबस्था बनेको छैन ।
अम्बासको शिक्षा, स्वास्थ्य अवस्था कर्णाली, मुगु, रोल्पा, रुकुमभन्दा गए गुजरेको छ । बरु मुगुमा पिच बाटो पुगि सकेको छ, कर्णालीमा सडक सञ्जाल सबै ठाउँमा पुगेको छ । अस्पताल, कलेज, विद्यालय, विश्व विद्यालय खुलिसकेका छन् तर अम्बास जस्ताको त्यस्तै छ किन ? एमालेको लागि अम्बास ऐतिहासिक ठाउँ हो तर त्यहाँ पुग्नका लागि किन ३४ वर्ष लाग्यो ? यो प्रश्न एमालेमाथि तेर्सिएको छ । मधेशमा एमाले एक नम्बरको पार्टी बनेको हो त्यो आफ्नो बलबुत्ताले होइन, जनता समाजवादी पार्टी नेपालको कारणले हो ।

जसपासँग चुनावी तालमेल नगरेको भए मधेशमा एमालेको कुनै गुन्जाइस थिएन । एमालेले जसपाको टाउको टेकेर मधेशमा प्रवेश गरेको हो । अब जसपा मात्र होइन, अन्य कुनै मधेशवादी दलले साथ नदिने भएपछि मधेशमा आफ्नो स्पेश बनाउनका लागि एमालेले विभिन्न उपायहरु खोज्न थालेको छ । एमालेले ऐतिहासिक ठाउँ भनिएको अम्बासलाई विकसित गर्न सकिन्थ्यो । एमालेका अध्यक्ष ओलीले देशमा सबभन्दा बढी किलोमिटर सकड बनाएको दावी गर्नुहुन्छ तर त्यतिबेला अम्बासलाई किन सम्झिनु भएन ।

एक डेढ वर्षअघि मात्र त्यहाँ विजुली पुगेको छ । एमालेका नेता पटक पटक प्रधानमन्त्री बन्नुभयो, आफ्नो ऐतिहासिक ठाउँमा विजुलीबत्ती किन जाडन गर्न सकेन । अम्बास जनता पढ्न पाएका छैनन्, शिक्षाको गुणस्तर बिकट, हिमाल र पहाडभन्दा गएको गुजरेको छ, त्यतातिर एमालेले किन ध्यान दिएन । स्वास्थ्य उपचारका लागि उचित व्यवस्था छैन, त्यसका लागि किन ध्यान दिएन । मोबाइलमा टावर समात्दैन, त्यसमा एमालेले किन ध्यान दिएन । खानेपानीको अहिले पनि त्यहाँ समस्या छ तर त्यसमा एमालेले किन ध्यान दिएन, यस्ता थुप्रै प्रश्न एमालेसँग गर्न सकिन्छ ।

तर एसीमा बसेर जारको पानी खाएर ४५ मिनट मात्र बैठक गरेर वाहवाही लिन खोजेको एमालेले मधेशी जनतालाई बेवकुफ बनाउन खोजेको प्रष्ट छ । एमाले मिसन ८४ मा हिडेको छ । ८४ मा जित्नका लागि यस्ता यस्ता थुप्रै स्टन्ट एमालेले गर्न सक्छ । मधेशी जनतालाई लोभ्याउनका लागि उसले जे पनि गर्न सक्छ । एमालेले कहिले सिके राउतको बुँई चढेर मधेश छिर्यो भने कहिले महन्थ ठाकुरको त कहिले उपेन्द्र यादवको । तर विस्तारै विस्तारै सबैले साथ छाडेपछि विभिन्न बहानामा मधेशीको घरघर छिर्ने प्रयत्न गरिरहेको छ । एमालेको मनसुवा मधेशी जनताले राम्रोसँग थाह पाइसकेका छन् र सचेत भइसकेका छन् ।
(लेखक विजय यादव जसपाका नेता हुनुहुन्छ)

तपाईको प्रतिक्रिया