Khadya Bibhag

भारत छिर्न मधेशको भूमी प्रयोग गर्छन् चाइनिजहरु

गत साउन ६ गते शनिवार राती नेपाल–भारत सीमा रक्सौलका इमिग्रेशनको अधिकारीले दुई जनालाई चिनियाँ नागरिकलाई समातेका छन् । वीरगञ्ज हुँदै बिना पासपोर्ट भारत प्रवेश गर्न खोज्दा उनीहरुलाई समातिएको छ । रक्सौल इमिग्रेशनका अधिकारी सुरेश सिंहका अनुसार यी दुवै जना असार १७ गते पनि बिना पासपोर्ट समातिएका थिए तर उनीहरु चेतावनी दिएर छाडिएको थियो तर २० दिनपछि फेरि उनीहरु राती १० वजे रक्सौल हुँदै भारत छिर्न खोज्दा उनीहरु पक्राउ परेका छन् ।
त्यस्तै, साउन ३ गते भारतको किसनगञ्जबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्यसको साथबाट नेपाली पासपोर्ट र नेपाली नागरिकता फेला परेको थियो । नेपाली पार्सपोर्ट र नागरिकता देखाएर उनी भारत छिरेका थिए । भारतीय प्रहरीलाई आशंका लागेपछि छानविन गर्दा उनी चाइनिज रहेको पत्ता लागेको थियो । पछि त्यो पासपोर्ट र नागरिकता पनि नक्कली रहेको प्रमाणित भएको थियो ।
भारत विहारको खोरीबारी प्रहरी चेकपोस्ट पानीट्याङ्कीको छेउबाट समातिएका चिनियाँ नागरिकको साथबाट ४६ हजार नेपाली र ६ हजार भारतीय रुपियाँ बरामद गरिएको थियो ।
२०७९ चैत १ गते भारत विहार सीतामढी जिल्लाको सोनबरसाबाट एक जना चिनियाँ महिलालाई पक्राउ गरेको थियो । त्यो महिलासँग न कुनै पासपोर्ट थियो न अन्य कुनै कागजात । ती महिलाका साथमा सर्लाहीका तीन जना पनि समातिएका थिए । त्यसमध्ये दुई जना महिला थिए । त्यसअघि त्यही दुई जना उज्बेकिस्तानी महिला पनि समातिएका थिए ।
यी दुई चार वटा उदाहरणहरु मात्र हुन् । तराई मधेशको भूमी प्रयोग गरेर भारत छिर्न लाग्दा प्रत्येक महिना दुई तीन जना समातिएकै छन् । भारत विहारको प्रहरीले दिएको तथ्यांक अनुसार नेपाल–भारत बोर्डर खासगरि मधेश सीमा क्षेत्रबाट अवैध रुपमा चाइनिजहरु भारत प्रवेश गर्नेको सँख्या डरलाग्दो छ ।
विगत ६ महिनामा ४१ विदेशी नागरिक नेपाल–भारतको खुल्ला बोर्डर प्रयोग गर्दै भारत छिर्न लाग्दा प्रकाउ परेका हुन् । त्यसमा अधिकाँश चिनियाँ रहेको भारतीय अधिकारीहरुको दावी छ । यसरी चिनियाँहरु भारत छिर्न लाग्दा नेपालस्थित भारतीय दूतावास पनि चिन्तित छ ।
विहार प्रहरी मुख्यालयका अनुसार सन् २०२२ मा नेपाल–भारत सीमाबाट १६ विदेशी समातिएका थिए, त्यसमध्ये केही नाइजेरियन थिए भने अरु बाँकी सबै चाइनिज थिए । बिहार प्रहरीका अनुसार सन् २०२१ मा ११ जना विदेशी नागरिक अवैध रुपमा भारत छिर्न लाग्दा सीमा क्षेत्रबाट पक्राउ गरेका थिए । ११ जना सबै चिनियाँ नागरिक थिए । सन् २०२० र २०१९ मा पनि १०–१० जना विदेशी नागरिक पक्राउ परेका थिए त्यसमध्ये अधिकाँश चाइनिज थिए । नेपाल–भारत सीमा क्षेत्रको लम्बाई एक हजार ८८० किलोमिटर रहेको छ । त्यसमध्ये सबभन्दा लामो दुरीको सीमा क्षेत्र बिहार–नेपालको ७२९ किलोमिटर रहेको छ ।
जहाँबाट सबभन्दा बढी घुसपैठ हुने गरेको भारत पक्षको आरोप छ । भारतको बेतिया, मोतिहारी, सितामढी, किशनगञ्ज, अररिया, मधुवनी जस्तो ठाउँबाट तस्कार तथा विदेशीहरु छिर्छन् । भारत छिर्नका लागि तराई मधेशका स्थानीयलाई प्रयोग गरेका हुन्छन् । जसले दिनहुँ नेपाल–भारत सीमा ओहरदोहोर गरिरहेका हुन्छन््, सबै कुराको जानकार हुन्छन् उनीहरु चाइनिजलाई सीमा कटाएका हुन्छन् । चाइनिजहरु पहाडी जस्तो देखिने भएका हुनाले नेपाल–भारत बोर्डरमा खटिएका सुरक्षाकर्मीले त्यति वास्ता गरेका हुँदैनन् । समान्य सोधपुछ गरेर छाडेका हुन्छन् ।
एक वर्ष पहिले अवैध रुपमा भारत छिरिसकेका दुई चिनियाँ नागरिक भारत घुमघाम गरेर फर्किने क्रममा महोत्तरीको जलेश्वरबाट नेपाल छिर्न खोज्दा भारतीय एसएसबीले पुछताछ गरेपछि उनीहरु पक्राउ परेका थिए । उनीहरु दिल्ली घुमघाम गरेर उत्तर प्रदेश हुँदै नेपाल फर्केका थिए । उनीहरुसँग नेपालको भिसा लागेको पासपोर्ट फेला पारेको थियो ।
नेपालमा २०७४ मा नेकपाको सरकार बनेपछि चाइनिजहरुका लागि नेपाल प्रवेश सहज बनाइएका थियो । नेपालले सरकारले चीनले विभिन्न परियोजनाहरु दिएको थियो । त्यो परियोजनामा काम गर्ने बाहानामा चीनबाट विभिन्न खालका चाइनिज नेपाल छिरेका थिए । चिनियाँ कम्पनीको जहाँ जहाँ काम चलिरहेको थियो त्यहाँ त्यहाँ चाइजिन कामदारहरु प्रयोग गरेका छन् । त्यसले गर्दा नेपालको कुना कुनामा चाइनिजहरुको पहुँच बढ्यो । विभिन्न भिसामा आएका चिनियाँहरु नेपालमा अवैध रुपमा बस्न थाले । कोही अवैध रुपमा व्यपार गर्न थाले भने कोही चोरी लुटपाटमा संलग्न भए भने कोही सरकारी संयन्त्रमा काम गर्न थाले ।
र, अहिले ती सबै विस्तारै विस्तारै मधेशतिर सर्न थाले । उनीहरुको उद्देश्य हुँदै मधेश हुँदै खुल्ला सीमा प्रयोग गरेर भारत छिर्नु नै हो । मधेशका सरकारी संयन्त्र तथा नेताहरुसँग सम्बन्ध बनाउँदै मधेशमा चहल पहल बढाउन थालेका छन् । भारतसँग जोडिएको नेपालको सीमाबाट खुल्ला रुपमा भारत जन उनीहरुलाई सजिलो भयो । मधेशीहरुको सहयोगमा सजिलैसँग भारत छिरे । कतिपय बोर्डरमै समातिए भने कतिपय भारत छिरेर त्यहाँ अवैध रुपमा बसिरहेका छन् ।
मधेशमा सडक निर्माणदेखि लिएर विभिन्न कन्ट्रक्सनका काम चलिरहेका छन् । त्यहाँ चाइनिज कामदार भएर बसेका छन् । भारत छिर्न पटक पटक छिर्न खोजेको प्राप्त विभिन्न तथ्याङ्ले पुष्टि हुन्छ । अहिले सुनकाण्डमा समातिएका चाइनिजहरुको साथबाट धमाधम नेपाली नागरिकता प्राप्त भइरहेका छन् । ती नागरिकता पक्कै पनि नेपाली अधिकारीले नै दिएका होला । कतिपय चाइनिजहरु तराई मधेशका जिल्लाबाट पनि नागरिकता प्राप्त गरेका छन् ।
अब चाइनिजहरुको नजर मधेशमा खुलेका दुईटा विश्व विद्यालयमाथि छ । मधेश विश्व विद्यालयमा लगभग चाइनिजहरु प्रवेश नै गरिसकेका छन्् । काठमाडौ विश्व विद्यालयका युवराज घिमिरेको मार्फत मधेश विश्व विद्यालयमा इन्ट्री गरेको स्रोतले दावी गरेको छ । त्यस्तै मधेश कृषि विश्व विद्यालयका लागि पनि आफ्नो सुत्र खोजिरहेका छन् । मधेशको कृषि विश्व विद्यालयमा लगानी गर्ने प्रस्ताव विभिन्न स्रोतमार्फत गरिरहको बुझिएको छ तर अहिलेसम्म त्यस्तो भरपर्दो मान्छे फेला परेको छैन ।

(साहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया