चीनबाट यसरी जोडिदैछ माओवादी र एमाले एकताको तार

फागुन २२ गते काँग्रेस र माआवादी गठनबन्धन भत्किएर एमाले र माओवादीको गठबन्धन बनेपछि नेपालको राजनीतिले एउटा टर्निङले लिएको छ । काँग्रेस–माओवादीको गठबन्धन भत्काएर एमाले र माआवादीको गठबन्धन बन्नुमा चीनको हात छ भन्ने कुरा अब नयाँ रहेन ।
चीनको जोडबलमा नै त्यत्रो बलियो काँग्रेस–माओवादीको गठबन्धन भत्किएको कुरा आम नेपालीले पनि थाह पाइसकेका छन् । तर चीनलाई गठबन्धन भत्काएर मात्र पुगेन । नेपालका कम्युनिष्टहरुलाई एकीकृत गराउने योजनालाई पनि अगाडि बढाएको छ ।
नेपालका सबै कम्युनिष्ट पार्टीलाई एक ठाउँमा नल्याए पनि पहिलो चरणमा माओवादी र एमालेलाई एकीकृत गराउने योजना चीनको रहेको छ । माओवादी र एमाले एकिकृत नभएसम्म नेपालमा आफ्नो केही चल्दैन भन्ने कुरा चीनले राम्रोसँग बुझेको छ ।
एमाले र माओवादी अलग अलग रहेसम्म भारत र अमेरिकाले आफूलाई नेपालमा कुनै ठाउँ दिने छैन भने कुरामा चीन राम्रोसँग अवगत छन् । त्यही भएर गठबन्धन भत्काउनु भन्दा पनि माओवादी र एमालेलाई कसरी मिलाउन सकिन्छ त्यसको जोगाडमा चीन लागि सकेको छ । त्यसका लागि माओवादीका उपाध्यक्ष एवं उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चीन बोलाएको छ ।
घुमफिरका लागि भन्दै चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा उपाध्यक्ष श्रेष्ठ चैत ११ गते नै चीन पुग्नुभयो भने बोआओ सम्मेलनमा भाग लिनेका लागि भन्दै उहाँ चैत १३ गते चीन पुग्नुभयो । उहाँहरु फरक फरक उद्देश्यका लागि चीन गए पनि खास एउटै उद्देश्य हो माओवादी र एमाले बिचको एकता ।
चीनले दुवै जनालाई बसाएर माओवादी–एमाले एकताको रोडम्याप तयार गर्नेछ र नेपालमा सोही रोडम्याप अनुसार काम हुने स्रोतले दावी गरेको छ । अगामी २०८४ को चुनाव अगाडि नै दुवै पार्टी बिच एकता गराउने चीनको जोडबल रहेको एमालेका एक नेताले सहारा टाइम्सलाई बताउनुभयो । चीनको बुझाईमा भारतले माओवादी र एमालेलाई फुटाउन चाहन्छ । दुवै पार्टीलाई एक ठाउँमा ल्याउन चाहेको छैन ।
भारतले कहिले एमालेलाई हातमा लिएर सरकार बनाउँछ भने कहिले माओवादीलाई हातमा लिएर सरकार बनाउँछ । दुवै पार्टीलाई एक ठाउँमा आउन दिइरहेको छैन भनि बुझाई चीनको रहको छ । तर चीनले माओवादी र एमालेलाई एक ठाउँमा ल्याउन हरहमेशा कोशिस गरेको हुन्छ ।
२०७४ मा पनि माओवादी र एमाले बिच एकता भएको थियो । एकता भएर नेकपा बनेको थियो । त्यसमा पनि चीनकै जोडबल थियो । चीनले नै जवर्जस्ती दुवै पार्टीलाई एकीकृत गराएको थियो तर त्यो एकता लामो समय टिक्न सकेन र तीन वर्ष नबित्दै दुवै पार्टी अलग अलाग भएका थिए । यसपटक पनि दुवै पार्टीलाई मिलाउने प्रयास भइरहेको छ ।
माओवादीका उपाध्यक्ष श्रेष्ठ र एमालेका उपाध्यक्ष पौडेल चीनबाट फर्केपछि माओवादी र एमालेको एकता प्रकृया कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै छ । तर एमाले स्रोतहरुलाई आधार मान्ने हो भने चीनले गठबन्धन होइन, माओवादी र एमालेको बिचमा एकता नै चाहेको छ । यसका लागि विभिन्न गृहकार्यहरु भइरहेका छन् । त्यसमा सबभन्दा बढी चीन र माओवादी केन्द्रका नेताहरु सक्रिय देखिएको स्रोतले दावी गरेको छ ।

तपाईको प्रतिक्रिया