Khadya Bibhag

चीनले किन खोलेन १४ वटै नाका

काठमाडौँ जेठ १२ गते । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आउने भनिएको थियो । तर अन्तिम समयमा तीन वटा नाका मात्र खुल्ला गरेको छ । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि नाकाहरु बन्द गरेके थियो ।
तीन सबै नाका गरी १४ वटा नाका खोल्ने चीन सरकारले आश्वासन दिएको थिएन तर आज नाका खोल्नका लागि आयोजना गरेको कार्यक्रममा सात वटा नाका मात्र खोल्ने घोषणा गरेका थिए । १४ वटा नाका खोल्नका लागि आज उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी काजी श्रेष्ठ नेपाल–चीन सीमा नाकामा पुग्नु भएको थियो तर सात वटा नाका मात्र खुलेको छ ।
नेपालका लागि चिनियाँ राजदूत चेना सोङले उपयुक्त समयमा बाँकी सात वटै नाका खोल्ने मात्र प्रतिकृया दिनुभयो तर ती नाकाहरु किन खुलेन त्यसको बारेमा उहाँले बोल्नु भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका सात वाटा नाका खुलेका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका आजैदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुने छन् । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथाङ्कासहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उहाँले दावी गर्नुभयो । गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो । सोही अनुसार नाका खुलेको उहाँले बताउनुभयो ।
किमाथाङ्कामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ । किमाथाङ्का नाका सदरमुकामदेखि एक सय ६२ किलोमिटर टाढा पर्छ ।

तपाईको प्रतिक्रिया