बहुप्रतिभाशाली अशोककुमार दत्त अचेल क्यान्सर रोगसँग जुधि रहनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ निवासी ५५ वर्षीय बहुप्रतिभाशाली दत्त पछिल्लो चार महिनादेखि मुखको क्यान्सरको उपचार गराइरहनुभएको छ । २०८० फागुन ५ देखि मुख क्यान्सरको उपचार सुरु गर्नुभएको उहाँको फागुन १० गते काठमाडौँस्थित नेपाल क्यान्सर एन्ड रिसर्च सेन्टरमा शल्यव्र्रिmया गरिएको छ । क्यान्सर चौथो अवस्थामा पुगेकाले शल्यव्रिmया गरिएको हो । सरकारले दीर्घरोगीको उपचारमा आर्थिक सहयोग गर्दै आएको छ तर रोग अनुसार त्यो सहयोग भने पर्याप्त नभएकाले दत्त परिवार आर्थिक सहयोगको अपेक्षामा छ । उहाँको उपचारका लागि अहिलेसम्म करिब २५ लाख रुपियाँ खर्च भइसकेको दत्तको श्रीमती रेणु दत्तले जानकारी दिनुभयो ।
मैथलीमा गीत÷सङ्गीत, साहित्य लेखन, पत्रकारिता क्षेत्रमा अब्बल मानिने दत्त व्रिmकेटमा पनि अलराउन्डर खेलाडी हुनुहुन्छ । मैथली भाषामा विभिन्न कृति प्रकाशित रहेको दत्त आफ्नो घरको घरमुली हुनुहुन्छ । घरपरिवारको गर्जो टार्ने, छोराको पढाइलेखाइ गराउनेलगायतको जिम्मेवारी उहाँले समाल्दै आउनुभएको थियो ।
श्रीमती रेणु दुःखेसो पोख्नुहुन्छ, “ठोस आर्थिक आयस्रोत छैन । अहिलेसम्म उपचारमा करिब २५ लाख रुपियाँ खर्च भइसक्यो । १० लाख रुपियाँभन्दा बढी ऋण पनि थपिइसक्यो । डाक्टरले यही असारमा फेरि चेकजाँच (फलोअप) का लागि बोलाउनुभएको छ । खर्च कति लाग्छ, ठेगान छैन, पैसा कहाँबाट कसरी जोहो गर्ने चिन्ताले सताइरहेको छ ।” दत्तले सामाजिक प्रतिष्ठा कमाए पनि पैसा कमाउन नसक्दा उपचारमा समस्या परेको उहाँको भनाइ छ । मधेश प्रदेश सरकारले स्थापना गरेको चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्डका सदस्यसमेत रहेका दत्तको थप उपचारका लागि विभिन्न सङ्घ संस्था, शुभेच्छुक, इष्टमित्रलगायत सबैमा हार्दिक अपिल पनि गर्नुभएको छ ।
चार दर्जनभन्दा बढी सङ्घ संस्थाले सम्मानपत्र, कदरपत्रबाट सम्मानित गरिसकेको दत्तको मैथिली गीतसङ्ग्रह ‘राग तान’ पुस्तक निकै चर्चित छन् । व्रिmकेट खेलमा अलराउन्डर प्रदर्शनका व्रmममा राष्ट्रियस्तरमा गोल्ड तथा सिल्भर मेडल जित्दै अब्बल दर्जाका व्रिmकेटरका रूपमा पहिचान बनाएकै कारण दत्तले जनकपुर चुरोट कारखानामा जागिर पाउनुभएको थियो । अहिले उहाँ खेल र जागिरमा हुनुहुन्न । पत्रकारिता र साहित्य लेखनमा सव्रिmय भएर जनकपुरधामको सामुदायिक रेडियो जानकी एफएममा समेत काम गर्नुहुन्थ्यो ।
खेल छाड्नुको कारण
दुई दशक अघिसम्म जनकपुरधामको क्रिकेट र फूटबल टिमसँग राष्ट्रिय टिमले समेत कयौं पटक पराजय भोग्नु पथ्र्यो । तर यो सबै जनकपुरधामको खेल इतिहासमै सीमित भइसकेको छ । जनकपुरधामको खेल जगतलाई चम्काउने मध्येका एक हुनुहुन्छ । साहित्यकार एवम् पत्रकार अशोककुमार दत्त । उहाँ कुनै समय अब्बल दर्जाका क्रिकेटरको रूपमा चिनिनुहुन्थ्यो । क्रिकेटमा धारिलो बलिङ गर्न खप्पिस रहेकाले दत्तलाई जचुकालिले जागिर नै दिएको थियो । साहित्यमा अभिरुचि राख्नुका साथै खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने भएकाले जचुकालिले जागिरमा राखेको त्यो दिनलाई स्मरण गर्दै दत्त भन्नुहुन्छ्, ‘शुरुमा बलरको रूपमा जनकपुर अञ्चलको टिममा स्थान पाएको थिएँ, पछि ब्याटिङमा समेत सुधार ल्याएपछि अलराउण्ड प्रदर्शन गरेर कयौंपटक आफ्नो टिमलाई राष्ट्रिय स्तरमा गोल्ड मेडल तथा सिल्भर मेडल जिताउन सफल भएको थिए ।’
जचुकालिले जागिर दिएका कारण साहित्यलेखन त खुबै गर्थे, साथै क्रिकेटमा सुधार ल्याउन निकै मेहनत दत्त बताउनु हुन्छ । बहुदलीय प्रजातन्त्र आउँदा उहाँ निकै खुशी हुनुहुन्थ्यो । तर, एक खेलाडीको रूपमा आफ्नो अवशान त्यहीँबाट शुरु भएको उहाँको भनाइ छ । २०४६ सालमा बहुदलीय प्रजातन्त्र आएपछि जचुकालिमा समेत खिचातानीको राजनीति शुरु भयो । खेलाडीहरूसँगको सम्झौता एक पछि अर्को गर्दै तोड्न थालिएको थियो । ‘वर्ष २०५० को कुरो हो– राजविराजमा देशभरका टिम सहभागी थिए । म पनि जनकपुर अञ्चल टिमबाट ! टिमले सो उपाधि हासिल गर्न सफल पनि भयो,’ दत्तले भन्नुभयो, ‘सो प्रतियोगिता जितेपछि मैले म सँग रहेको क्रिकेटको बल, प्याडका साथै अन्य सामाग्रीहरू आफ्ना जुनियर खेलाडीहरूलाई दिइहालेँ ।’
क्रिकेट छोड्नुको मूल कारण आफ्नो खेलको स्तर खस्केको नभइ सरकारी उदासीनता र खेलमा भविष्य सुरक्षित नदेख्नु रहेको उहउाँले बताउनुभयो । ‘त्यसैले चाहँदा न चाहँदै पनि क्रिकेट छोड्न बाध्य भएँ,’ उहाँले थप्नुभयो । क्रिकेट करियबाट पूर्ण विराम लगाएपछि उहाँले साहित्य लेखन र पत्रकारितालाई निरन्तरता दिने निधो गर्नुभयो । खेल छोडेपछि पछिल्ला लामो समयसम्म पत्रकारिता गरेका उहाँ अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको छ ।
तपाईको प्रतिक्रिया