लगानी र व्यवसायीको वातारण बनाउन सम्झदारीपत्रमा हस्ताक्षर

धनुषा फागुन १६ गते । जनकपुरधाम उपमहानगरपालिकाभित्र लगानी र व्यवसायीको वातारण बनाउन त्रिपक्षीय सम्झदारीपत्रमा आज हस्ताक्षर भएको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रलाई प्रभावकारी बनाउँदै उपमहानगरपालिकाभित्र लगानी र व्यवसायीको उचित वातारण बनाउन सामूहिक रुपमा अघि बढ्ने प्रतिबद्धतासहित जनकपुर उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य सङ्घ र नेपाल सहरी उत्थानशीलता कार्यक्रम ९सुदृढ० बीच आज सम्झदारीपत्रमा हस्ताक्षर भएको हो ।

सार्वजनिक निजी संवाद मञ्चको पहलमा आज भएको छलफलपश्चात् सार्वजनिक र निजी क्षेत्रबीच निरन्तर संवादलाई चुस्त दुरुस्त रुपमा अघि बढाउने तथा जनकपुरधाममा लगानी र व्यवसायीको वातारण बनाउने क्रममा कुनै बाधा अवरोध भएर सामूहिक रुपमा संवाद र सहकार्य गरेर अघि बढ्ने विषयमा लिखित सम्झदारीपत्रमा हस्ताक्षर भएको जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

जनकपुरधामको समग्र विकासका लागि तयार पार्ने नीति र कानुनका कारण उद्योग व्यवसायमा कुनै समस्या भए संवाद र सहकार्यका साथ अघि बढ्ने समझदारी भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताउनुभयो । सो समझदारीपत्रमा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घ अध्यक्ष जितेन्द्र महासेठ, नेपाल सहरी उत्थानशीलता कार्यक्रम ९सुदृढ० तर्फबाट अजय चन्द्रलालले हस्ताक्षर गर्नुभएको छ ।

सो क्रममा ब्रिटिस दूतावास काठमाडौँका डेपुटी विकास निर्देशक हैडी टवाकोली, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीताकुमारी मिश्र, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया