सुनको मूल्य प्रतितोला २०० रुपियाँले घट्यो

काठमाडौँ वैशाख १८ गते । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रुपियाँ मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला २०० रुपियाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपियाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० रुपियाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार ३०० रुपियाँमा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया