काठमाडौं जेठ १४ गते । जनता समाजवादी पार्टी नेपालमा एकअर्कालाई सोधिएको स्पष्टकरणको जवाफ कसैले कसैलाई दिएको छैन । अब वार्ता र सहमतिबाट पार्टीको समस्या समाधान गर्ने पहल सुरु भएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवलाई सात बुँदे स्पष्टीकरण सोध्नु भएको थियो भने अध्यक्ष यादवले पनि अर्का अध्यक्ष ठाकुरलाई नौ बुँदे स्पष्टीकरण सोध्नु भएको थियो । दुवै पक्षले जेठ ११ गते पत्र लेखि एक अर्कालाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ दिन भन्नु भएको थियो ।
तीन दिन हिजै अर्थात जेठ १३ गते नै पुरा भयो तर दुवै पक्षले एकअर्कालाई जवाफ दिनु भएको छैन ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, जवाफ आएको छैन, पार्टीमा देखिएको विवाद वार्ता र सहमतिबाट समाधान गर्ने प्रयास भइरहेको छ ।’ पार्टीका नेताहरुबाट अनुशासन उल्लघंन भएको कारण स्पष्टिकरण सोधिएको हो, तीन दिनभित्र जवाफ आउनु पर्ने हो आएन अब वार्ता र छलफलबाट समाधान गर्ने प्रयास गरिहने उनले बताए । वार्ता र छलफलका लागि शीर्षतहमा कुराकानी भइरहेको उहँले बताउनुभयो ।
स्पष्टीकरणमा त तीन दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टीको विधान बमोजिम अनुशासनको कारवाही हुने भन्नुभएको छ नि भने जिज्ञासामा उनले यो पार्टीको एउटा प्रकृया हो त्यो अवधिमा किन आएन स्पष्टीकरण विषयमा कुराकानी हुनसक्छ तर त्यो भन्दा पनि विवादलाई चर्काउनु भन्दा पनि वार्ता र छलफलबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

तपाईलाई पनि स्पष्टिकरण सोधिएको छ नि त्यसको जवाफ दिनुभयो कि दिनु भएन भनि जिज्ञासामा उनले उनीहरुले आफूलाई सोधेको स्पष्टिकरण वैधानिक नरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, कुनै व्यक्तिले स्ष्टिकरण सोधेर हुँदैन, पार्टीको निर्णय हुनुपर्छ, पार्टीको आधिकारिक निर्णय नभएको कारणले मैले जवाफ नदिएको हुँ ।’
जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अवैधानिक रुपमा सोधिएको स्पष्टिकरणको कुनै जवाफ नदिने बताउनुभयो । दिएको समयभित्र उताबाट स्पष्टिकरण आएका छैन, त्यसको बारेमा के गर्ने भनि पार्टीमा छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
अध्यक्ष उपेन्द्र यादवले सोधेको स्पष्टिकरणमा तीन दिनभित्र चित्त बुझ्दो जवाफ नदिएको पार्टीको विधान अनुसार कारवाही गर्ने उल्लेख छ तर अध्यक्ष ठाकुरले सोधेको स्पष्टिकरणमा तीन दिनभित्र जवाफ पेस गर्न भनिए पनि तीन दिनभित्र जवाफ नआए के गर्ने भनि उल्लेख छैन ।

तपाईको प्रतिक्रिया