Khadya Bibhag

नर्स र डाक्टरको आन्दोलनप्रति इस्तियाक राइको ऐक्यवद्धता

काठमाडौँ जेठ १४ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राइले नेपालगञ्जको भेरी अस्पतालमा नर्स तथा डाक्टरमाथि भएको कुटपिटको निन्दा गर्नुभएको छ ।

उहाँले यो कोरोनाको भयावह महामारीमा समेत आफ्नो ज्यानको परवाह नगरि दिनरात खटिएका नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको कुटपिट तथा अमानवीय व्यवहारको कडा शब्दमा निन्दा र भत्र्सना गर्नुभएको छ ।

सत्ता र शक्तिको उन्मादमा मात्तिएर डाक्टर र नर्सहरुमाथि गरिएको कुटपिट तथा अमानवीय व्यवहार कुनै पनि हालतमा क्षम्य नहुने बताउँदै उहाँले सत्ताको उन्मादमा यस्ता घट्ना गर्नेहरुलाई अविलम्ब कडा भन्दा कडा कारवाही गर्नुका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाको विशेष प्रबन्ध माग गर्नुभएको छ ।

उहाँले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरेर डाक्टर तथा नर्सको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ । स्वास्थ्यकर्मीहरुको माग र आन्दोलनप्रति पूर्ण एकेवद्धता जनाउँदै सांघातिक हमला गर्नेहरुलाई तत्काल कडा कारवाही गर्न उहाँले माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया