स्कुलले समन्वय नगरेको औरही गापा अध्यक्ष यादवको गुनासो

सिरहा कात्तिक २७ गते । मधेश प्रदेश सिरहा औहरी गाउँपालिकाका अध्यक्ष शिवजी यादवले आफ्नो पालिकाकामा रहेको श्री सुन्दर जनता माध्यमिक विद्यालयले आफूसँग कुनै समन्वय नगरेको गुनासो गर्नुभएको छ ।

स्कूलले गर्ने कुनै पनि कार्यक्रममा गाउँपालिकासँग समन्वय नगरेको गुनासो गर्दै उहाँले सायद आफूहरुको जाने बेला भएर होला स्कूलले गर्ने कुनै पनि गतिविधि तथा कार्यक्रममा पालिकासँग समन्वय तथा सहकार्य नगरेको गुनासो गर्नुभयो । आफू पालिकोको अध्यक्ष भएपनि नभएपनि यो पालिकाका एक सचेत नागरिक रहेको र यसै पालिकामा रहने उल्लेख गर्दै उहाँले आफू जनताको मालिक होइन, दास हो, अरु कोही मालिक बन्न चाहे आफै समाप्त हुने चेतावनी पनि दिनुभयो ।
स्कूलले छठ पर्वको उपलक्ष्यमा बिहिबार आयोजना गरेको शुभकामना अदान प्रदान तथा बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा नै उनले त्यस्तो गुनासो गर्नुभयो ।

यो बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम बारे कुनै समन्वय नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो श्री सुन्दर जनता माध्यमिक विद्यालयले दस्तावेज (कार्यविधि) तयार गरेको तर गाउँपालिकासँग कुनै समन्वय गरेको छैन त्यसमा मेरो आपत्ति छ ।’ कार्यविधिमा वडा तथा गाउँपालिकाको अधिकार नराखेको गुनासो गर्दै अध्यक्ष यादवले सो कार्यविधिप्रति खेद प्रकट गर्नुभयो ।
स्कूलले शैक्षिक सुधारका लागि कार्यविधि तयार गरेको छ । त्यो कार्यविधि (दस्तावेज) तयार गर्दा पालिका वा वडासँग कुनै समन्वय गरेको छैन ।

जनताको सबभन्दा नजिकको सरकार पालिकाको हो तर शैक्षिक सुधारका लागि तयार पारेको कार्यविधिमा पालिकाको नकुनै भूमिका छ न कुनै समन्वय छ भन्दै अध्यक्ष यादवले विद्यालयको संरक्षक पालिका अध्यक्ष हुन्छन्, शिक्षा समितिका अध्यक्ष पनि हुन्छ तर कुन हिसाबले सुजमाविले यो कार्यविधि तयार गर्यो तर पालिकासँग समन्वय गरेन भनि प्रश्न गर्नुभयो ।

सुजमावि नेता उत्पादन गर्ने ठाउँमा हुँदै गएको गुनासो गर्दै उहाँले राजनीतिको अखाडा बनाएको गुनासो गर्नुभयो ।
जनमत पार्टीका महासचिव एवं मधेश प्रदेशका प्रदेश सभा सदस्य संजय यादवले पनि शिक्षक बैक स्थापनामा प्रश्न उठाउनुभयो । शिक्षक बैंक स्थापना गर्नु भनेको त्यसमा शिक्षक राख्ने र आश्यक परेको बेला निकाल्ने हुन्छ तर यसमा कुन शिक्षक राख्ने कुन निकाल्ने त्यसको मापदण्ड के हो भन्दै उहाँले शिक्षक र शिक्षाको विषयलाई हल्का ढंगले लिन नहुने बताउँदै उहाँले शैक्षिक अक्षयकोष स्थापा गर्न सुधाव दिनुभयो । अक्षयकोषको रकम सञ्चालन कसरी गर्ने त्यसको पनि विधि निर्माण गर्नुपर्ने सुझाव दिनुहुँदै महासचिव यादवले स्कूलको व्यवस्थापमा प्रश्न उठाउनुभयो । स्कूलको व्यवस्थापनमा ध्यान दिन उहाँले सुझाव दिनुभयो । उहाँले स्कूलका लागि संघ, प्रदेश, स्थानीय सरकारको साथै व्यवस्थापन समिति तथा हेडमास्टर हुन्छन् तर अझै स्कूलको व्यवस्थापना राम्रो नदेखिएको गुनासो गर्नुभयो ।

हेडमास्टरका कारण शिक्षकहरु पिडित रहनु भएको छ, त्यसको गुनासो आफू समक्ष पनि आएको बताउँदै उहाँले यस्तो कार्य नगर्न सुझाव दिनुभयो । उहाँले शैक्षिक गतिविधि तथा व्यवस्थापना समितिको पनि मापन हुनुपर्ने बताउँदै जवाफदेहितामा ध्यान दिन सुझाव दिनुभयो । हेडमास्टरले सकारात्मक सोच राख्नुपर्ने सुझाव दिनुहुँदै उहाँले शिक्षकहरुसँग समन्वय गर्न आग्रह गरे ।
व्यवस्थापना समितिका अध्यक्ष श्रीदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक विवेक यादवले प्रस्तुत गर्नुभएको कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आठ सदस्यीय समिति र भूपु विद्यार्थी मञ्च समेत गठन गरेको हुने बताइएको छ ।

कार्यक्रमका लागि निमन्त्रणा दिएका अधिकाँश व्यक्ति उपस्थित थिएनन् । गाउँका धेरै बुद्धिजिवी तथा नागरिक समाजका अगुवालाई निमन्त्रणा नै नदिएको गुनासो पनि समाजिक सञ्जालमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया