आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।
सरकारले आगामि आर्थिक बर्ष २०७८/७९को लागि कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ ।
अध्यादेश मार्फत आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोभिड उपचार र नियन्त्रणका लागि लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको जनाएका हुन् ।
उनले सरकारले महामारीको उपचार को भरपर्दो व्यवस्था गरि सबै नेपालीलाई खोपको सुनिश्चितताको लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए ।
निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।


तपाईको प्रतिक्रिया