रुपन्देही जेठ १७ गते । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा लागि भएको उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ । प्राप्त नतिजा अनुसार काँग्रेसका उम्मेदवार दृगनारायाण पाण्डे ५२८ भोटले विजय हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी चन्द्रबहादुर खड्का पराजित हुनु भएको छ ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना भएको थियो ।
निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता थिए भने प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ छ ।
यसअघि बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी थिए । तीनजना जनप्रतिनिधि अनुपस्थित थिए । प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेश तर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरेका थिए ।
यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे ।
यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोट विजय हुनुभएको थियो ।


तपाईको प्रतिक्रिया