काठमाडौँ असार २७ गते । प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेभित्र भएको सहमति बारे दिनु भएको अभिव्यक्ति प्रति सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आपत्ति जनाउनु भएको छ ।
उहाँले आजै विहानै आफ्नो फेसबुकमार्फत हिजो राती नेकपा (एमाले) को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित ेछ र यो व्याख्या गलत र अस्वीकार्य रहेको प्रतिकृया दिनुभएको छ ।
उहाँले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले) का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्नुभएको छ ।
प्रेस सल्लाहकार थापाले शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभाका सदस्यहरु अब १४६ बाट घटेर १२३ भएको उल्लेख गर्दै सर्वोच्च अदालतको परमादेश नपुनस्र्थापना । मच्चियो मच्चियो जेठो नराम्री थच्चियो भनि टिप्पणी गर्नुभएको छ ।
यो भनाईले सर्वोच्च अदालतलाई प्रभाव पार्न खोजेको नेता नेपालको आरोप छ ।

तपाईको प्रतिक्रिया