Khadya Bibhag

संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन

काठमाडौँ साउन १२ गते । संसदीय दलका नेता चयन गर्नका लागि जनता समाजवादी पार्टी नेपालले निर्वाचन समिति गठन गरेको छ । पार्टीका कार्याकारिणी सदस्य नवराज सुवेदीको संयोजकत्वमा गठन भएको निर्वाचन समितिमा रमेश यादव र सुशिला श्रेष्ठ सदस्य रहनु भएको छ ।

बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान पारित गर्दै संसदीय दलको नता चयन गर्नका लागि सो समिति गठन गरेको रामनरेश राय यादवले बताउनुभयो । हालसम्म सो पार्टीमा संसदीय दलको नेतामा उपेन्द्र यादव उम्मेदवार देखिनु भएको छ । अरु नेताहरुले हालसम्म चासो देखाउनु भएको छैन ।

यसअघि राजेन्द्र महतोले बहुमत सांसदको हस्ताक्षरले संसदीय दलको नेतामा चयन हुनुभएको थियो तर उपेन्द्र यादव पक्षले त्यसलाई मान्यता दिनुभएको थिएन ।

 

तपाईको प्रतिक्रिया