माटोले चिन्दछ मुसहर समुदायलाई

–डा.मधु गिरी
नेपालको मधेशमा बसोबास गर्ने मुसहर समुदाय र प्राकृतिक स्रोतः माटो (जमिन), रmख (जङ्गल) र पानी बीचको कस्तो सम्बन्ध छ भन्ने सिधा प्रश्नको उत्तर सजिलो छ । प्रायः सबैलाई सिकाइएको छ, मुसहरहरुसँग आफ्नो माटो, रmख र पानी छैन । महङ्खवपूर्ण प्रश्न हो, मुसहरहरुका लागि माइटे वा माटोलाई बुझ्ने दृष्टिकोण, संस्कृति र आत्मसम्मान कसरी जोडिएको छ ? दृष्टिकोण र संस्कृतिलाई विज्ञानका नाममा अरm बढी हस्तक्षेपकारी बनाई राज्य, गैर–सरकारी सङ्घसंस्था, शैक्षिक प्रणाली र सञ्चार माध्यमबाट अरm बढी बलियो बनाइयो ।

यसै प्रक्रियाबाट निर्मित निजी जमिन, जमिनको व्यक्तिकरण, निजी सम्पत्तिको मूल्य–प्रणाली, व्यक्तिकरणको संस्कृतिको शिकार नेपाल–भारतमा बस्ने फरक मूल्य–प्रणाली, फरक दृष्टिकोण भएका मुसहर समुदाय भएका छन् । माटो र मानिस बीचका सम्बन्धहरु मान्छेद्वारा निर्मित काल्पनिक व्याख्याहरुमा भर पर्दछन् । शक्तिशाली समुदायले कल्पना गरेको व्याख्यालाई कानुनको रुपमा वा मूल्य मान्यताको रुपमा स्वीकार गरिन्छ । त्यही खेलका नियमअनुसार प्राकृतिक स्रोतसँग मान्छेको पहुँच र सम्बन्ध निर्धारण गरिएको हुन्छ । माटो र मुसहर समुदायको सम्बन्धलाई पनि त्यही दृष्टिकोणबाट बुझ्न र व्याख्या गर्न सकिन्छ ।

जसरी राज्य, राष्ट्र र राष्ट्रिय झण्डा काल्पनिक हुन्, जसरी समुदाय, नाता–सम्बन्ध काल्पनिक हुन्, त्यसै गरी माटोको स्वामित्व पनि काल्पनिक हो । नेपाल राष्ट्र–राज्यनिर्माणको क्रममा केही सामुदायिक स्वामित्वलाई अन्त्य गरी भूमिको निजीकरण गरेको तथ्य सर्वविदितै छ । मुसहर–माटो–सम्बन्धलाई पनि त्यसै सन्दर्भमा बुझ्न सकिन्छ, तर अलिक भिन्न जोड–कोणबाट यसको अध्ययन हुनु जरmरी छ । मुसहर समुदायका केही सचेत युवाले माटो–मुसहरबीच नङ्ग–मासुको सम्बन्धलाई मौलिक तरिकाले पुनर्निर्माण गरिरहेका छन् । उनीहरुले आ पुर्खाको सम्बन्ध र त्यसपछिको विकसित अवस्थाले सिर्जना गरेको माटो– मुसहरको सम्बन्ध–विच्छेद्लाई ‘माटो दिवस’ वा ‘भुइँया दिवस’ नामक काल्पनिक अवधारणाबाट पुनः जोड्न खोजिरहेका छन् ।

माटो र मुसहरको सम्बन्ध
२०६८ भाद्रदेखि मङ्सिरसम्मको आफ्नो विद्यावारिधी अनुसन्धानको लागि म साविकको जमदह गा.वि.स., हालको गोलबजार नगरपालिका वडा नं. ३, जमदहमा बस्थें । यस पटकको बसाइमा धेरै मुसहर र अन्य जातजातिका जमदह निवासीहरुसँग राम्रो चिनजान भएको थियो । उनीहरुसँगको बसाइमा जमदह वरिपरिका जमिन, चुरेजङ्गल र तिनीहरुसँग जोडिएको इतिहासका कुरा धेरै हुन्थे ((गिरी सन् २०१८ एः ७७) । एक दिन जमदह भाङवारीका ५८ वर्षीय लछना सदासँग मुसहरनिया–चुरेफेदी जमदह घुम्ने सल्लाह भयो । बिहानको खानापछि साढे दश बजे हामी मुसहरनियातर्फ हिड्यौं ।

बाटोमा लछनाले वरिपरि रहेका मुसहरनियाका तामाङहरुको खेतबारीको निर्माणको कथा सुनाए, खेतबारी देखाउँदै भने, “यहाँको माटोले हामीलाई चिनेको छ ।” मेरो मनमा कौतूहलता जाग्यो, तर हामी मुसहरनिया पुगिसकोले थप प्रश्न सोधिन । मुसहरनियाको पिपलफेदको शितलमा किसुन सदा भेटिए । उनी दाउरा काट्दा बन्चरोले खुट्टामा लागेको चोटका कारण घरछेउमा बसेका रहछन् । उनल े े कपडा खोलेर घाउ देखाए । मैले चोट ठूलो देखेर सोधें, “के औषधि लगाउनुभएको छ ?’ किसुनले भने, माटो र जडिबुटी ।’ उनले थपे, लौ सर यहाँको माटो रुख विरुवाले हामीलाई चिनेको छ । यो भन्दा ठूलो चोट हुँदा हातखुट्टा भाँचिदा दुख्दा मोटोले सन्चो बनाउँछ । हाम्रो पुर्खाले हजुर बाहरुले यस्तै सिकाएका थिए । खास प्रकारको माटाले औषधीको काम गर्दछ ।’

यहाँ माटोले को कोलाई चिन्छ र किन चिन्छ भन्ने प्रश्न मेरो घाँटीमै अड्कियो । सोधे, यहाँका सबै मानिस यसै गर्दछन् ?’ किसुनले भने, होइन, मुसहरलाई मात्र थाह छ, कुन माटो, कुन जडिबुटी औषधी हुन्छ । । यहाँका माटोले मुसहरलाई बचाउँ ।’ उनले सुनेका थिए, मुसहरका पुर्खाले माटो पनि पचाउन सक्थे । त्यसो त माटो नै खाने समुदाय पनि अफ्रिकाको सब सहारा क्षेत्रमा छन् ।

शरीरका विभिन्न रोगलाई निको पार्न सक्छन् (एम्बीला सन् २०१३ः २००) । किसुन सदाको माटो–औषधी सुन्दा अचम्म र अवैज्ञानिक लागे पनि यो वास्तवमा परम्परागत मौलिक ज्ञान–प्रणालीमा आधारित व्यवहार हो । तर उनको भनाइ सुनेर पढेलेखेका युवाहरु ‘बुद्धि नभएको मुसहर’ भनेर हाँस्छन् । उनको ज्ञानलाई आधुनिक शिक्षा पढेका धेरैले जिस्क्याउँछन् र उनलाई पागल भएको घोषणा गर्दछन् । किसुन सदालाई त्यहीं छाडेर लछना र म तामाङ बस्तीतिर हिड्यौं । बाटोको छेउमा रहेको बाँसघारीको शितलमा ४÷५ जना बुढापाका बसेका रहेछन् । तामाङ भाषामा कुरा हुँदा लछनाले यो ठाउँमा घुम्न आएको भनी बताए । त्यत्तिकैमा ७८ वर्षका काहिला लामाले भने, “हाम्रा पुर्खा काभ्रे–सिन्धुली हुँदै यहाँ आएका रहेछन् । यहाँ सबैभन्दा ठूलो बस्ती तामाङको छ, त्यसपछि मुसहरको । तर के गर्नु, मुसहरको माटो छैन । अलिकति माटो भएका मुसहरले पनि माटो सके, खाए ।”

लामाले माटोको व्यक्तिगत र कानुनी सम्बन्धलाई बुझाउन ‘माटो छैन र माटो खाए’ भन्ने शब्दको प्रयोग गरेका रहेछन् । उनका शब्दमा “तामाङसँग यति मुरी माटो छ, मगरसँग पनि मुरी माटो छ । अन्य समुदायसँग यति पाथी–मुरी माटो छ । तर मुसहरसँग एक मुठी पनि छैन ।” उनले माटोको नाप भनेको जमिनसँगको स्वामित्व र अधिकारलाई माटोको नापअनुसार व्याख्या गरेका रहेछन् ।

“यहाँको माटोले हामीलाई चिन्दछ” भन्ने लछना सदाको शब्द, “माटो चिनेको छु” भन्ने किसुन सदाको भनाइले मात्रै होइन, त्यसको अर्को अर्थ लाग्ने “मुसहरसँग माटो छैन” भन्ने काइँला लामाको भनाइले मलाई माटोका विषयमा थप जान्न र अनुसन्धान गर्न उत्प्रेरित गरे । लामाको भनाइले मलाई भित्रसम्म छोएको थियो । लामाको भनाइअनुसार “मुसहरहरुसँग आफ्नो मात्र नभएको हो, तर माटोको कला राम्रो छ । माटोमा खेल्न र लुक्न जानेका छन् मुसहरहरु ।”

त्यसपछिको यात्रामा लछनाले बस्तीमाथिको चुरे फेदीमा हिडाए । आफ्नो बाल्यकालदेखि चरmवा गर्दादेखि चिनेका बोटबिरmवा र ठाउँ देखाए । उनले भने, “यो रmखले मलाई चिन्छ, यस रmखमाथि चढेर ५० भन्दा बढी पटक घँस काटेको छु । यहाँको माटोले चिन्छ, किनभने यहाँ लस्करै आकासको पानी सङ्कलन गर्ने साना साना खाल्टा (ढोविल्का )मैले नै बनाएको छु । मालिकको घरको लागि, ती ढोविल्कामा सङ्कलन भएको पानी हिउँदमा घरमा बोकिन्थ्यो र गाईवस्तुलाई त्यहाँ पानी खुवाइन्थ्यो । यो ढोविल्को मैले बनाएको हो । यो हो, त्यो हो, त्यो रmखको घाँस धेरै पटक काटेको छु । त्यो रmखले मलाई चिन्छ ।”

यसरी रmख, माटो र पानीको आँखाबाट मानिसलाई हेर्ने वा मानिसको सोच्ने, हेर्ने तरिका माटो, रmख वा पानीको तहमा पु¥याउने विधि मानवशास्त्रमा पढेको मात्रै थिए“, आज साक्षात्कार नै गर्न पाएँ । बुझ्ने तह समान हुन्छ भन्ने विश्वासले नै होला, किसानहरु गाईवस्तुसँग कुरा गर्दछन् । मुसहरहरु पनि रmख, पानी र माटोसँग कुरा गर्दछन् । मानवशास्त्रीहरु र माटो वैज्ञानिकहरुका अनुसार माटो पनि जीवित र मृत हुन्छ । उत्पादनका हिसाबले र सांस्कृतिक मूल्यका हिसाबले माटोलाई जीवित र मृत भनिएको छ (मनुस्टर सन् २०१७ः १) । यसको अर्थ जीवित माटोले चिन्छ ।

मुसहरहरुको विश्वासमा सत्य छ । पक्कै पनि उनीहरुमा फरक तरिकाले सोच्ने पद्धति र फरक मूल्य–व्यवस्था छ । त्यही भएकोले होला, आफ्नो ‘स्वामित्व’ मा माटो र रmख नहुँदा पनि मुसहरहरु तिनले चिन्छन् भन्ने विश्वास गर्दछन् । यहाँ मुसहरको सन्दर्भमा प्राकृतिक वस्तु र स्वामित्व बीचको सम्बन्धको प्रश्न उठ्यो । स्वामित्वले वस्तु वा मानिससँगको सम्बन्धलाई प्राकृतिक बनाउन सकेको हुँदैन । आखिर स्वामित्व के हो ? राज्य के हो ? स्वामित्व पनि प्राकृतिक अवस्था नभएर बोलवाला, सांस्कृतिक कल्पनाबाट निर्मित दृष्टिकोण हो (वाग्नर सन् १९८७ः १०, भिभेरो डि कास्ट्रो सन् २०१७ः ३०) ।

लछना सदा र किसुन सदाले भनेको रmख र माटोले चिन्छन्, पानीले चिन्छ भन्नुको मतलबलाई हामीले सिकेको–जानेको दृष्टिकोण र ज्ञानको आधारमा मात्रै बुझ्नु हुँदैन । यसको अर्थ बोलवाला भएको राज्यले निर्माण गरेको व्यक्तिगत स्वामित्वको सम्बन्धभन्दा फरक र गहिरो छ । त्यसै क्रममा लछना सदाले सुनाएको मुसहरका पुर्खाहरुको उत्पतिको कथा अर्थपूर्ण छ– हाम्रा पुर्खा माटोबाट उत्पति भएका थिए रे । सुरmमा ती मान्छे बने, तर आवश्यकताअनुसार मन्त्र गरी ‘बाघ’ बन्न सक्ने क्षमता भएका थिए । हामीले मन्त्र बिर्सियौं, तर बाघले हामीलाई मार्दैन, बाघले चिनेको छ । बाघ र मानिस ना पुर्खाको आत्मा भनेर मुसहरहरुले एउटै आत्माका रुपमा मान्दथे पुर्खाले । आ बाघलाई ‘बघिन’ देवताको रुपमा पूजा गर्दछन् । वन–जङ्गलको नजिक बस्न रmचाउने भए पनि विस्तारै खेतीपाती गर्न आफैले खेतबारी बनाए । मुसहरहरु अन्य मानिसभन्दा भिन्न तरिकाले बाघ, माटो, पानीलाई चिन्दछन् ।

दिनाभद्री मुसहरको पुर्खा
लछना सदाले सुनाएको माटोको कथा सकिएको रहेनछ । हामी चुरे फेदीको वन छेउमा दिना भद्रीले व्यायाम गर्ने ठाउँमा पुग्यौं । त्यहाँ उनले छातीमा हात राखेर भने, “जय दिना–भद्री !” त्यहाँको ढुङ्गामा कुँदिएको आकृति देखाउँदै भने, “यस ठाउँमा दिना–भद्री (हाम्रा पुर्खा) ले व्यायाम गर्दा रहेको छाप प्रस्टै छन् ।” “यो ठाउँको ठीक तल ठूलो दह थियो रे” भन्दै उनले वरिपरिका हरेक ढुङ्गा, माटो, पानी र रmखका सम्बन्ध मुसहर समुदायसँग जोडिएको बताए । जमदह, कुम्भीखाडी ताललगायत पानीको संरक्षण गरी मुसहरहरुले पोखरी बनाएकाले त्यस वरपर मानव बस्ती सम्भव भएको उनले सुनाए ।

उनका अनुसार जमदह–मुसहरनियामा खेतीयोग्य जमिन मुसहरका पुर्खाले निर्माण गरे, तर जति बेला राज्यले जमिनलाई व्यक्तिगत स्वामित्वसँग जोडिदियो, माटोलाई व्यक्तिकरण गर्ने राज्यको प्रक्रियामा मुसहरहरु भने सामेल भएनन् । मुसहर समुदायका लागि त राज्य भनेकै एक ‘एलियन’, एक अपरिचित संस्था र डरलाग्दो अवधारणा र कल्पना थियो । त्यस संस्था र अवधारणसँग नजिक र परिचित नभएकाले उनीहरु त्यसले थालेको प्रक्रियाभित्र बस्न चाहेनन् । आफैले भोगचलन गरेको माटो हुँदाहुँदै पनि उनीहरुले ‘राज्यले अनाहकमा दुःख दिन्छ’ भन्ने मान्यताले माटोलाई व्यक्तिकरण गर्न मानेनन् ।

सिरहा जिल्लाको बस्तीपुरका जमिन्दारले २०२१ सालपछि जग्गाको हदबन्दी सुरm भएपछि मुसहरहरुका नाममा जग्गा पास गराउन खोज्दा उनीहरु नमानेको प्रसङ्ग सुनाएका थिए । त्यहाँका मुसहरहरुले पनि राज्यसँग डराएर व्यक्तिगत जमिन राख्न नमानेको स्वीकारेका थिए (गिरी सन् २०१८एः २१७) । उनीहरुका लागि माटो, रmख र पानीको निजीकरण गर्ने तथा अन्य मानिसलाई वञ्चित गर्ने प्रणाली नौलो हो । उनीहरुमा समूहमै बस्ने, खाने–पिउने, काम गर्ने र निर्णय गर्ने परम्परा र बानी थियो । त्यही ज्ञान–प्रणालीमा सामाजिकीकरण भएकोले उनीहरु सामूहिक कामका लागि जाने गर्दछन् । स्थानीय गाउँठाउँका ज्यालादारी काममा पनि सामूहिक मजदुरीमा जान रmचाउँछन् र एक्लै ज्यालादारी काममा जान त्यत्ति मन पराउँदैनन् ।

माटो वा जमिनको निजीकरण वा व्यक्तिकरणलाई आधार मानेर मुसहर समुदायलाई गरिब, असभ्य र अज्ञानीको रुपमा आरोपित गर्ने गरिएको सन्दर्भमा उनीहरुका विचार उल्लेखनीय छ । स्रोत–साधनको व्यक्तिकरण वा निजीकरण गरिने पुँजीवादी समाजको नजरले हेर्दा मुसहर समुदायका संस्कृति, दृष्टिकोण र मूल्य–प्रणाली फरक देखिन्छन् । आर्थिक वा प्राकृतिक स्रोत, साधन र सम्पदासँग फरक सम्बन्ध भएकै आधारमा, फरक संस्कृति भएको कारणले कोही गरिब, अविकसित वा असभ्य हुँदैन ।

जबदेखि लाउजे बासिन्दालाई आधुनिक र सभ्य बनाउने योजनामा आधुनिक खेती, त्यो पनि बजार–केन्द्रित खेती प्रणाली स्थापित गरियो, त्यसपछि भूमिको निजीकरण मात्र भएन, धेरै परिवार विस्तारै जमिनविहीन भए । यसरी सामूहिक भूमि र परम्परागत कृषि खेती–प्रणालीको साटो पुँजीवादी अर्थ–राजनीतिमा आधारित निजी खेती अवलम्बन गर्दा धेरै परिवारले भूमि गुमाए (ली सन् २०१४ः १२) । भारतीय समाज–वैज्ञानिक वन्दना शिवाको भनाइअनुसार, पुँजीवादी अर्थ–राजनीतिको शोषणले गर्दा निजी÷व्यक्तिगत फाइदा÷नाफाका लागि प्राकृतिक स्रोतको अत्यधिक दोहन मात्रै हुने होइन, यस्तो प्रणालीका कारण सम्पदाको पुनःउत्पादन गर्न सक्ने क्षमताको अन्त्य र विपन्न समुदायलाई सम्पदाको पहुँचबाट अलग गरिन्छ (शिवा सन् १९९९ः ९) ।

आफ्नो जमिन बनाउन डराउँछन् मुसहर
लामो समयसम्म नेपालका विभिन्न समुदायले माटोलाई मौलिक परम्पराअनुसार प्रयोग गरेका थिए, तर आधुनिक राज्य प्रणालीमा शासनका दायरा बढाउन र राज्यले माटोको सांस्कृतिक महङ्खवलाई निरmत्साहित गरी आर्थिक प्रयोजनलाई बढावा दिएको छ ।

मानवशास्त्री जनक राईले ‘धिमाल समुदायले व्यक्तिगत भूमिलाई दुःख’ भन्ने गरेको सम्झदै दावी गरेका छन्, “जमिनको व्यक्तिकरण दुःखको अवधारणासँगै जोडिएकोले धिमालहरुले जमिनलाई व्यक्तिकरण गर्नेमा चासो दिएनन् र राज्यले विस्तारै सामूहिक पहुँचलाई नियन्त्रण गर्दा उनीहरु भूमिबाट वञ्चित भए (राई सन् २०१५ः ७०) ।” मेरो अध्ययनको पनि निष्कर्षमा मुसहर समुदायका लागि व्यक्तिगत सम्पत्ति र निजी भूमिको अवधारणा आयातीत, अपरिचित र अनौठो र डरलाग्दो कुरा हो (गिरी सन् २०१८ः २१२) ।

धेरै मुसहर व्यक्तिगत जमिन बनाउन डराउँथे र अझै पनि डराउँछन् । किनभने राज्यः पुलिस, कानुन, अदालत, अफिस भनेका आफूहरुजस्ता फरक संस्कृति र दृष्टिकोण भएका समुदायलाई सजाय दिने संस्था हो भन्ने उनीहरुको बुझाइ छ (गिरी सन् २०१८ः २१३) । यी अध्ययनका अधारमा के भन्न सकिन्छ भने प्रकृतिसँग, माटोसँग मुसहर समुदायको मित्रता छ, उनीहरुका लागि माटो देवता हो, खाना हो, तर राज्यको शक्तिले यसलाई ‘अपवित्र’ बनाएको छ । उनीहरुबीचको प्राकृतिक सम्बन्धलाई अलग्याएको छ । कानुनी वा आधुनिक औपचारिक, कागजी सम्बन्धले माटोबाट मुसहरहरुलाई अलग बनाएका छन् ।

मुसहरहरुको पर्यावरणीय ज्ञान, त्यसभित्र पनि माटो, रmख र पानीको ज्ञान विशिष्ट छ । त्यसैगरी यी प्राकृतिक स्रोतसँगको सांस्कृतिक सम्बन्ध सामूहिक हुनु यस समुदायको कमजोरी नभएर फरक सांस्कृतिक मूल्य हो । लछना सदाले मात्रै होइन, ५५ वर्षका घुसका सदाले मुसहर समुदाय माटोप्रेमी भएको कथा बारम्बार सुनाए । यस समुदायमा पनि मुसहर र माटोलाई एक–अर्काका पर्यायको रुपमा हेरिन्थ्यो । पोखरी खन्ने, खेतबारी सम्याउने, नयाँ खेतबारी निर्माण गर्ने काम मुसहरको प्राकृतिक कामजस्तो गरी व्याख्या गरिन्छ ।

मुसहरहरुका घरमा माटो नै माटोको गारोे लगाइएको, माटोको खपटाको छाना भएको घर सबैभन्दा राम्रो घर मानिन्छ । उनीहरुका अधिकांश घर फुसको छाना र बाँसको टाट (बार) र माटोको भित्ता बनाइएको देखिन्छ । यसरी माटोलाई अगाध प्रेम गर्ने यो समुदायलाई जमिनको निजीकरणसँगै स्थापना भएको जमिन्दारी प्रणालीभित्रको कृषि–दास, हरmवा, चरmवा र कृषि मजदुरको रुपमा शोषण मात्र गरियो । उनीहरुलाई मानिसको तहभन्दा तल राखी हेप्ने र आत्मसम्मान गिराउने प्रकारको अर्थ–राजनीतिक–सांस्कृतिक– सामाजिक सम्बन्ध स्थापित र प्राकृतिकीकृत गरियो । माटोमा काम गर्ने कला र क्षमतालाई जमिन्दारी र हिन्दू धर्मको वर्णव्यवस्था र जातप्रथाभित्रका छुवाछूत र अर्थ–राजनीतिक बहिष्करणको शिकार बनाइयो ।

उनीहरुका फरक मूल्य–प्रणाली र फरक दृष्टिकोणलाई सम्मान गर्नुको सट्टा मूलप्रवाहको आधुनिक भनिएको अर्थ–राजनीतिक मूल्य–प्रणालीको प्रभुत्वलाई हावी गराइयो । सन १९९० पछिको राज्यको आर्थिक उदारीकरण, राजनीतिक परिवर्तनपछि जमिन्दारीभित्रको कृषि–दास, हरmवा चरmवाको वैधानिक स्थान खारेज भइसकेपछि मुसहर समुदायहरुमा आधुनिक राज्य र अर्थ–राजनीतिको प्रभाव प्रभुत्व देखिन थालेको छ ।

लछना र घुसका सदाका अनुसार आजभोलिका २०–२५ वर्ष उमेर समूहका मुसहर युवायुवती कृषि मजदुरी वा कृषिसँग जोडिएको माटोको काम गर्न मन पराउँदैनन् । हुन त उनीहरुले हरmवा चरmवासँग जोडिएको शोषण भोगेका थिएनन्, न त आत्मसम्मान गुमाएको जीवनको पराकाष्ठा नै अनुभव गर्न पाएका छन् । उनीहरुले माटोसँग मुसहरहरु औपचारिक सम्बन्धबाट अलग हुनु परेका र आत्मसम्मान गुमाएका कथा भने सुनेका छन्, भोग्ने आफन्तहरुका शरीर र माटोबीचको सम्बन्धलाई दैनिक रुपमा देखका छन् ।

त्यसैले पनि युवा मुसहरहरुमध्येका २६ वर्षका अयोधी सदा र २५ वर्षीय कारिचन सदा भन्दछन्,– ‘खाना नपाए ३ दिन भोकभोकै बस्न तयार छौं, तर खेतीवालाको खेतबारीका कृषि ज्यालादारीमा काम गर्न जान्नौ । कुनै बेला माटोको काम मुख्यगरी हरmवा चरmवा प्रकारको कृषि–श्रम हाम्रो समुदायको शोषण र आत्मसम्मान गिराउने काम गरेकाले नै आज मुसहर भनेकै हरmवा, चरmवा; मुसहर भनेकै गरिबीको मानक; मुसहर भनेकै अन्तिम तहको हेपाइ भोग्न तयार समुदायको परिचय बनेको छ । त्यसमा अयोधी सदा थप्छन्, नेपालमा मुसहर जत्तिकै आर्थिकरुपले गरिबमा अन्य समुदाय पनि छन् । तर मुसहर समुदायलाई राज्य, सङ्घसंस्था, राजनीतिक कार्यकर्ताहरुद्वारा निकै नो स्वार्थको लागि देखाउने वा राजनीति गर्ने गरिब र माटोविहीन भनेर मात्र आ वस्तुका रुपमा प्रयोग गरियो ।

तर मुसहर समुदायको फरक आर्थिक सामाजिक मूल्य, सामूहिक स्वामित्व, कामको कला–संस्कृतिजस्ता सबल र सह–अस्तिङ्खवका मूल्यलाई सम्मान गर्ने, प्रचार प्रसार गर्ने, जगेर्ना गर्ने र आत्मसम्मान उठाउने काम कसैबाट भएको छैन । २०७६ जेठमा माटोको सम्बन्धमा गरिएको छलफलमा उनी प्रश्न गर्छन्, “के मुसहर समुदायका सम्पूर्ण संस्कृति, मूल्य–प्रणाली र दृष्टिकोण असभ्य छन् ? के मुसहरसँग भएको माटोको ज्ञान, प्राकृतिक स्रोतको ज्ञान, सामूहिक संस्कृति सभ्य समाजको मानक बन्न सक्दैनन् ? के फरक दृष्टिकोण भएका सबै समुदाय असभ्य हुन् ।

गरिबीको मानक मुसहर
कुनै बेला माटोको काम मुख्यगरी हरmवा चरmवा प्रकारको कृषि–श्रम हाम्रो समुदायको शोषण र आत्मसम्मान गिराउने काम गरेकाले नै आज मुसहर भनेकै हरmवा, चरmवा; मुसहर भनेकै गरिबीको मानक; मुसहर भनेकै अन्तिम तहको हेपाइ भोग्न तयार समुदायको परिचय बनेको छ । त्यसमा अयोधी सदा थप्छन्, नेपालमा मुसहर जत्तिकै आर्थिकरुपले गरिबमा अन्य समुदाय पनि छन् । तर मुसहर समुदायलाई राज्य, सङ्घसंस्था, राजनीतिक कार्यकर्ताहरुद्वारा निकै नो स्वार्थको लागि देखाउने वा राजनीति गर्ने गरिब र माटोविहीन भनेर मात्र आ वस्तुका रुपमा प्रयोग गरियो ।

तर मुसहर समुदायको फरक आर्थिक सामाजिक मूल्य, सामूहिक स्वामित्व, कामको कला–संस्कृतिजस्ता सबल र सह–अस्तिङ्खवका मूल्यलाई सम्मान गर्ने, प्रचार प्रसार गर्ने, जगेर्ना गर्ने र आत्मसम्मान उठाउने काम कसैबाट भएको छैन ।

मुसहर समुदायका युवाहरु निर्माण क्षेत्र, यातायात क्षेत्र, गैर–कृषि मजदुरी र वैदेशिक रोजगार, मुख्यतः भारतमा रोजगारको क्षेत्रमा काम गर्न रmचाउँछन् । अचेल उनीहरुले दैनिक कृषि ज्यालादारी श्रम गर्न छाडेका छन् । बरm कुनै काम ठेक्का लिएर आफूलाई उपयुक्त लाग्ने समयमा समूहमा काम गर्न थालेका छन् । यसरी श्रम क्षेत्रमा आएको परिवर्तनले समाजका धेरैखाले सम्बन्धमा परिवर्तन आएको देखिन्छ । मेरो अध्ययनको क्रममा मुसहर समुदायमा आएको परिवर्तनबारे जमदहको स्कुलद्वार छेउको वरपिपल गाछीको शितलमा त्यहीका छिमेकी वीरबहादुर लामाले भने, यस जमदह मुसहरनियाका बुढापाका सबै मुसहरलाई चिन्दछु, तर युवाहरुलाई चिन्दिन ।

यिनीहरुलाई नचिन्नुको कारण युवा पुस्तासँग सम्बन्ध, बोलचाल, ऋणधन, श्रमधन वा अन्य प्रकारका अनौपचारिक विनिमय नै छैन । उनीहरुका श्रमका क्षेत्र पनि फरक छन्, मूल्य–मान्यता फरक छन्, देश–विदेश घुम्दछन् । हाम्रो घरखेतमा आउँदैनन् । त्यसैले सम्बन्धहरु केवल औपचारिक मात्र छन् । तर अलि बढी उमेरका, ४० वर्षभन्दा माथि उमेरकासँग भने अनौपचारिक विनिमय हुन्छ, मनपेट मिल्छ, कुराकानी हुन्छ, प्रायःजसोले हरmवा चरmवा भएर काम गरेको अनुभव भएकाले अलि सोचेर बोल्छन् ।

यसरी माटो र मुसहरबीचको सम्बन्धमा विभिन्न खाले उतारचढाव आएसँगै मुसहर समुदाय र अन्य समुदायबीचका सम्बन्धमा परिवर्तन देखिदैछन् । वीरबहादुर लामाका कुरा सुनिरहँदा जोगिन्दर साह त्यही शितलमा आए । उनले थपे, “अब मुसहरले कृषिज्यालामा श्रम गर्दैनन् र उनीहरुको भरमा खेती गरौला भनेर नसोचे हुन्छ मधेशमा ।” किन यस्तो परवर्तन आएको होला भन्ने जिज्ञासामा उनले जवाफ दिए, “पाका मुसहर सकिन थाले, युवाले माटो छुदैनन्, नगद कमाइ गैर–कृषि ठेक्कापट्टामा छ । त्यो नभए वैदेशिक रोजगार, त्यो पनि नभए भारत छदैछ । यहाँ खेतबारीमा काम गर्दैनन् ।”

मुसहर युवाहरुले माटोसँग जोडिएको खेतीपातीको काम नगर्नुमा दुई पक्ष छन् । पहिलो पक्ष, मुसहर समुदायसँगै आफ्नो जमिन छैन । उनीहरु या त सार्वजनिक, या त पुरानो जमिन्दारको जिरायत, खेती नभएकाले कृषिजन्य माटोमा ब्लकजस्ता जमिनमा बसेका छन् । आफ्नो काम गर्नुपर्ने बाध्यता छैन । ज्यालामा काम गर्ने क्षेत्रहरु विस्तार भएका छन् । निर्माणको क्षेत्र निकै विस्तार भएकोले ठेक्कामा काम पाउने अवस्था छ । त्यससँगै ऋणधन गरेर पनि वैदेशिक रोजगारमा जान सक्ने अवस्था छ । दोस्रो पक्ष भनेको माटोमा वा कृषि पेसामा ज्यालामा काम गर्दा आत्मसम्मान गुम्ने र हरmवाको छायाँ (दाग) ले तर्साउने अवस्था छ ।

जमिन्दारसँग लडेको क्षण
कृषि मजदुरहरुले मालिकको अनुहारमा जमिन्दारको रुप देख्दछन् । आफ्नो पुर्खा दिना–भद्रीले जमिन्दारसँगै लडेर क्षणिक भए पनि पाएको स्वतन्त्रता सम्झन्छन् । परापूर्वकालदेखि उपभोग गरेको प्राकृतिक स्रोतबाट जमिन्दारी प्रणालीले आफूहरुलाई अलग गरेको, शोषण गरेको, दास बनाएको र आत्मसम्मान खोसेको सम्झेर उनीहरुमा कृषि ज्यालादारीमा काम गर्ने पटक्कै जाँगर र इच्छा देखिदैन । मुसहर युवाहरुमा माटो देखेर जाँगर र इच्छा नआएको भने होइन, तर जसरी राज्यसत्ताले माटालाई निजी वस्तुको रुपमा स्वामित्वकरण ग¥यो, बजारीकरण ग¥यो, त्यस प्रक्रियासँग मुसहर समदायको असन्तुष्टि छ ।

राज्यसत्ताले अँगीकार गरेको संस्कृति मुख्यतः माटो, वन, जलजस्ता प्राकृतिक स्रोतलाई बलशाली व्यक्तिको निजी स्वामित्वमा लैजाने प्रक्रियाप्रति उनीहरुमा असहमति छ । फरक दृष्टि र सामूहिक चेत भएका समुदायलाई स्रोतको बाँडफाँडबाट अलग गरी निर्माण गरिएको संस्कृतिसँग तुलना गरी हीनताबोध सिर्जना गर्ने शब्दावली प्रयोग गरिएकोमा पनि उनीहरुको आपत्ति छ । यसै प्रसङ्गमा ५० वर्ष मुसहर समुदायको पक्षमा पैरवी गर्ने अभियन्ता रामनारायण सदाको भनाइ छ, माटोलाई निजीकरण, व्यक्तिकरण गर्ने प्रक्रिया चलाएर माटोबाट मुसहर समुदायलाई अलग बनाउने अनि भूमिमाथि उनीहरुको स्वामित्व नै छैन भन्ने भाष्य प्रयोग गरिएको छ ।

र, मुसहरहरुलाई गैर–नेपाली, भारतीय र बिहारी नामकरण गर्दै राज्यका सेवासुविधाबाट पनि वञ्चित गरिदै आएको छ । नागरिकताको अधिकारबाट वञ्चित बनाइनु, शिक्षा–स्वास्थ्यजस्ता आधारभूत सेवाबाट वञ्चित भएको अवस्थालाई गैर–नेपालीको भाष्यले ढाकछोप गर्नु प्राकृतिक न्यायको पनि विपरीत छ ।

(स्रोतःमधेश अध्ययन (वर्ष–७, अंक ७) मा डा.मधु गिरीले लेख्नु भएको लेखलाई सम्पादन गरी केही अंश सभार गरिएको हो)

 

फोटो सांकेतिक रुपमा प्रयोग गरिएको हो

तपाईको प्रतिक्रिया