कांग्रेसको केन्द्रीय सदस्यमा मधेसी महिलातर्फ नागिना यादव(२८४८), मञ्जुकुमारी यादव (२८८६), मिनाक्षी झा(३०१२) र मुक्ताकुमारी यादव (३९६०) मतसहित विजयी भएका छन् । त्यही पदकी प्रत्यासी किरण यादवले २ हजार ७२२ मत मात्रै ल्याएकी छिन् । उनी यसअघि नै केन्द्रीय सदस्य थिइन् ।
मधेसी खुलातर्फ अजयकुमार चौरसिया(२५२२), चन्द्रमोहन यादव(२१३८), दिनेशकुमार यादव(१९५९), महेन्द्रकुमार राय(१९८४) र विनोदकुमार चौधरी(२२०६) मतसहित विजयी भएका छन् ।
त्यही पदका प्रत्यासीहरू अजयकुमार द्धिवेदी (१७८७), अन्जनीकुमार झा (८०३), देवकुरणप्रसाद कलवार (१६४१), पवनकुमार सारडा(९८), प्रभुनाथ राउत (१७३), प्रेमकिशोर प्रसाद साह (१५३), भगिरथकुमार पोद्धार (२७६), भारतेन्दुकुमार मल्लिक (१२१९), मिथिलेशकुमार मिश्र (३१९), रामदयाल यादव (१५०), रामनारायण मण्डल (७०), रामपल्टन साह (३८८), सकलदेव सुतिहार (११३), सत्यनारायण चौधरी (१३३३), सुभाषचन्द्र यादव (१८८४), सुशिल नाहटा (२०९) र हेमराज तातेड (११०) मत पाएका छन् ।
त्यस्तै, मुस्लिमतर्फ अब्दुल रज्जाक, अब्दुल सतार र जावेदा खातुन निर्वाचित भएका छन् । खुलातर्फ रज्जाक र सतार तथा महिलातफ खातुन निर्वाचित भएका हुन् । रज्जाकले २३९० मत पाएका छन् भने सतारले २२२८ मत पाएका छन् ।
त्यही पदका प्रत्यासीहरू अकिल मियाँले १५९९, अब्दुल रहिमले २९९, इर्शाद अन्सारीले १४२१, नसिर सिद्धिकीले १२३, मोख्तार अहमदले २१८, मोहम्मद निजामुद्धिनले १७९, सलाउद्धिन मियाँले १६८ र हसन अन्सारीले ४०१ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया