राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरु

च.न.                                                                                   मिति: २०८३/०६/०९

प.स.०८३/८४

 

केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय सार्वजनिकगरिएको

 

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी अध्यक्ष श्री राजेन्द्र महतोको अध्यक्षतामा मिति २०८३ असोज ४, ५ र ६ गते औपचारिकरुपमातथा७र८गतेअनौपचारिकरुपमा केन्द्रीय कार्यालय, शान्तिनगर, काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी दिशा, साङ्गठनिक सुदृढीकरण तथा जनसरोकारका विषयहरूमाथि छलफल गरी महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको छ। बैठकले गरेका मुख्य निर्णयहरू यस प्रकार रहेका छन्:

 

निर्णय नं. १: असोज ३ गतेको अन्तरक्रिया कार्यक्रमको समीक्षा

  • असोज ३ गते पार्टीद्वारा सम्पन्न “संविधान संशोधन: असन्तुष्ट समुदायको सवाल” विषयक सर्वपक्षिय विचार गोष्ठी/अन्तरक्रिया कार्यक्रम अत्यन्तै सामयिक, उत्कृष्ट र जनसहभागितामूलक रहेको निष्कर्ष निकालियो।
  • कार्यक्रममा अभिव्यक्त महत्वपूर्ण विचारहरूलाई दस्तावेजीकरण गर्ने निर्णय गरियो।
  • कार्यक्रमका सहभागी, वक्तासम्पूर्णमा बैठकले हार्दिक धन्यवाद ज्ञापन गर्‍यो।
  • उक्त कार्यक्रमको सन्देश र मर्मलाई देशव्यापी रूपमा लैजान प्रमुख शहरहरू ( प्रथमचरणमाविराटनगर, विर्तामोड, राजविराज, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी लागायतका मुख्य शहर आदि) मा “संविधानसंशोधन: असन्तुष्टसमुदायकोसवाल” विषायक बृहत् नागरिक संवाद आयोजना गर्ने निर्णय गरियो।

निर्णय नं. २: अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित

  • अध्यक्ष श्री राजेन्द्र महतोद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल गरी प्राप्त रचनात्मक सुझावहरू सहितपरिमार्जन गर्दै सर्वसम्मत रूपमा पारित गरियो।प्रतिवेदनमा उल्लिखितमुख्य सारांश यस प्रकारको रहेको छ:-
  • संविधानको समीक्षा र असफलता:संविधान जारी भएको १० वर्ष पूरा भए तापनि यसले देशमा राजनीतिक, सामाजिक र आर्थिक स्थायित्व दिन नसकेको, संघीयताका नाममा केन्द्रीकृत शासन निरन्तर रहेको, पहिचान र अधिकारको सवाललाईसधै उपेक्षा गरिएको तथा नागरिककोअसमानपदाधिकार र प्रतिनिधित्वमा विभेद कायम रहेको निष्कर्ष निकालिएको छ। साथै, ‘जेन्जी मुभमेन्ट’ ले संविधान पुनरावलोकन र संशोधनको आवश्यकतालाई थप पुष्टि गरेको छ।
  • दलहरूको संकट:बिभिन्नदलहरू (कांग्रेस, एमाले, नेकपा, अग्रगामी मोर्चामा रहेका दलहरू तथा रास्वपा समेत) प्रतिनागरिकको आस्था र विश्वासमाकमीभएर लोकतन्त्र नै गम्भीर सङ्कटबाट गुजरिरहेको छ।
  • वर्तमान सरकारको समीक्षा:वर्तमानसरकारनिर्माणभएको५महिनामात्रैकोअवधिभएकोछसरकारकोसम्पूर्णमुल्यांकनगर्नेबेलानभएपनिसत्तारुढदलआफैले१००दिनभित्रकामगर्नेप्रतिवद्दताअनुरुपकार्यहुन्नसकेकैहो।भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझ पहल गर्नुपर्ने, संघीयता सुदृढीकरण(बलगर संघियता) तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलासुस्ती गरेको भन्दै यसलाई अझ तदारुपता दिन ‘दबाबमूलक क्रियाकलाप’गर्ने नीति लिइएको छ।
  • वैचारिक-दार्शनिक जग:पार्टीले ‘संवादात्मक सापेक्षतावाद’, हिमवत्खण्ड सभ्यतामा आधारित’स्वदेशवाद’ र सांस्कृतिकसंघवादएवं स्वशासनको अवधारणालाई आफ्नो वैकल्पिक राजनीतिक जगका रूपमा अगाडि बढाउने निर्णय गरियो।
  • मुद्दा तथा आन्दोलनको पुस्तान्तरण:उत्पीडित राष्ट्रियताहरूको आन्दोलन, विचार र निष्ठालाई नयाँ पुस्तासम्म पुर्याउन युवाहरूलाई आगामी अभियानएवंसंघर्षमानेतृत्वदायीभूमिका लिन प्रेरितगर्नेगरीयोजनाएवंकार्यक्रमनिर्धारणगर्नेनिर्णयगरियो।

निर्णय नं. ३: भावी राजनीतिक कार्यक्रम तथा अभियानहरू

१.स्थानीय तहको निर्वाचन गैर-दलीय हुनुपर्ने:

  • स्थानीय तहको निर्वाचन गैर-दलीय गराउन”स्थानीय तह दलमुक्त, नागरिक-केन्द्रित र सेवायुक्त” बनाउन देशव्यापी अभियान चलाउने र यसको निम्ति विभिन्न कार्यक्रमको मोडेल तयार पार्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो।
  • ‘समाजब्यबस्थानैवास्तविकसत्ताहो’भन्ने मूलनारासाथ् ग्राम सभा (ग्राम स्वराज)को अवधारणा लागू गर्न संरचनात्मकअभियानसंचालनगर्ने।

२.चुरे तथा पर्यावरण संरक्षण अभियान:

  • हालै घटेको रसुवाको ल्हेन्दे खोला/भोटेकोशी बाढीको प्राकृतिक विपत्ति र ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ। साथै चुरे, हिमश्रृंखला, मुक्कुम्लुङ, ढोरपाटन जस्ता प्राकृतिक/सांस्कृतिक आस्थाका केन्द्रहरूको जैविक अधिकार सुनिश्चित गर्न पहलगर्ने।
  • “चुरे बचाउ – मधेश र जीवन जोगाउ” अभियान सञ्चालन गर्ने र जैविक अधिकार एवं जलवायु न्यायका लागि तथाचुरे क्षेत्रको दोहन रोक्न तराई-मधेशका जिल्लाहरूमा बिभिन्नप्रकारकाकार्यक्रमगर्नविस्तृतकार्ययोजना बनाईसंचालन गर्ने। आगामीकेन्द्रियसमितिकोबैठकबाटउक्तयोजनापारितगरीलागुगरिनेनिर्णयभयो।
  • चुरे संरक्षण सम्बन्धी अवधारणा तथा कार्ययोजना बनाउनश्री अमरदेव यादवको संयोजकत्वमा कार्यदल गठन गरियो।

३.प्रधानमन्त्रीका वाचाहरू पूरा गराउन दबाबमूलक अभियान:

  • सत्तारुढ दलले तथा प्रधानमन्त्री स्वमले निर्वाचनका बखत जनता सामु ‘बलगरसंघियता बनाउने’ लगायत घोषणा गरेका वाचा सम्झाउन तथा ‘लाल आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न’विभिन्न प्रकारका दबाबमूलक अभियान संचालन गर्ने।

४.नागरिक संवाद तथा बृहत् गठबन्धन/अभियान निर्माण:

  • उत्पीडित राष्ट्रियताहरू, पहिचानवादी शक्तिहरू र नागरिक समाजलाई समेटेर सम्पूर्ण देशको सभ्यता एवं स्वाभिमान उठाउन “राष्ट्रिय पुनर्जागरण अभियान” तथा आन्तरिक उपनिवेश अन्त्यको निम्ति मधेश, थरुहट,लिम्बुवान, नेवा, ताम्सालिङ, मगरात, खसान लगायतका उत्पीडित एतिहासिक राष्ट्रहरुको स्वाभिमान, पहिचान, सम्मानको निम्ति तत् तत् क्षेत्रमा साझा संयुक्त पुनर्जागरण अभियान संचालन आवश्यकभएकोहुँदायसको निम्ति पहलकदमी लिने निर्णय गरियो।
  • त्यसैगरी विचारमिल्ने लोकतान्त्रिक एवं परिवर्तनकामी पक्षधरहरु बिभिन्नदल एवंशक्तीहरुको संयुक्त गठबन्धन निर्माणकोपहलगर्ने तथा एजेन्डामाआधारितरहेर आवश्यकताअनुसारको सहकार्य गर्ने निर्णय गरियो।

निर्णय नं. ४: संगठन तन्दुरुस्त सम्बन्धि

  • पार्टी संगठन तन्दुरुस्त बनाउन जीवन्त ढंगले संचालन गर्न तथातोकिएकाकार्यक्रमहरुव्यवस्थितरुपमासंचालनगर्नको निम्ति प्रत्येक प्रदेशमा निम्नानुसार इन्चार्ज तोकिएको छ :-
प्रदेश संयोजक: सहसंयोजक:
प्रदेश नम्बर १ श्री संजुहाङ पालुङवा, श्रीचन्द्रप्रसादराजबंसी
मधेश प्रदेश श्री रामनरेश राय यादव, श्री गजेन्द्र कुमार मण्डल
बागमती प्रदेश  श्री कमला गुरुङ, श्री चुडामणि श्रेष्ठ
लुम्बनी प्रदेश  श्री ओमप्रकाश गुल्जारी,  श्री रविदत्त मिश्रा
गण्डकी प्रदेश  श्री राजेश पुनः मगर(जुनतारा)  श्री हिरा पुन: मगर
सुदूरपश्चिम प्रदेश  श्री फोनिराम थारु  श्री जितनिशानी
कर्णाली प्रदेश  श्री शेरबहादुर शाह  श्री कमलऐडी

 

  • पार्टीका केन्द्रीय स्तरका सबै समितिहरूलाई छरितो, चुस्त र प्रभावकारी बनाउन पुनर्गठन/गठन गर्ने निर्णय गरियो। अन्यसमितिहरुपनिछोटोछरितोहुनेगरी पुनर्गठन/गठनगरिने निर्णय गरियो।
  • संगठनलाई परम्परागत पिरामिड ढाँचाबाट रूपान्तरण गरी डिजिटल भोलेन्टियर्स, नागरिक संवाद मञ्च र युवा परिचालनका नवीन ढाँचा अनुसार अगाडि बढाउने निर्णय गरियो।

निर्णय नं. ५: विविध निर्णयहरू

  • क) अनुशासन तथा कारबाहीसम्बन्धी:पार्टीबाट राजीनामा दिएका, अघिल्लो निर्वाचनमा दल त्याग गरेकाहरूलाई तत्-तत् जिम्मेवारीबाट मुक्त गरीकेन्द्रिय पुनर्गठितसमितिको जानकारी निर्वाचन आयोगलाई गराउने निर्णय गरियो।
  • ख) निर्वाचन आयोग सम्पर्क व्यक्ति तोकिएको:पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगबीच नियमित सम्पर्क तथा प्रशासनिक कामकाजका लागिश्री कौशल कुमार सिंहलाई आधिकारिक सम्पर्क व्यक्ति तोक्ने निर्णय गरियो।

 

 

 

 

 

………………………..

                                                                                                   सन्तोषमेहता

महासचिव

तपाईको प्रतिक्रिया