प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’

काठमाडौँ माघ ३–प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ नाम राख्ने तय भएको छ । आज प्रदेश २ को प्रदेश सभामा भएको मतदानमा दुई तिहाइको मत जनकपुरधाममा खसेको थियो ।

प्रदेशको राजधानी जनकपुरधाम तोक्ने प्रस्तावमा ९९ जना सांसदले मतदान गर्नुभयो त्यमा जनकपुरधामका लागि ७८ जनाले आफ्नो मत जाहेर गर्नुभयो । यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

तपाईको प्रतिक्रिया