ओलीको मागः एमसीसीको बदलामा १४ जना सांसदको कारवाही

काठमाडौँ फागुन १० गते । एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँको निवासमा गएर भेट्नु भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि अमेरिकी राजदूतसँग भेट्नु भएको थियो । भेटघाटमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसको जवाफमा अध्यक्ष ओलीले आफूले एउटै सर्तमा एमसिसी अनुमोदनमा सहयोग गर्ने त्यो हो माधव कुमार नेपालसहित उहाँका पक्षमा रहनु भएका १४ जना सांसदलाई कारवाही गर्नुपर्छ त्यसपछि मात्र एमसीसीमा सहयोग गर्ने धारणा राख्नु भएको थियो ।

आफूहरुले जायज माग लिएर आन्दोलन गर्दै आएको हो त्यो माग पुरा भयो भने भने एमसीसीमा सहयोग गर्ने प्रतिवद्धता जनाएको बैठकमा सहभागी एक नेताले बताउनुभयो । ती मागहरुमध्ये मुख्य माग आफ्नो पार्टी छाडेर माधवकुमार नेपाललाई सहयोग गरेका सांसदलाई कारवाही गर्नु हो त्यसमा सरकारले सहयोग गर्यो भने एमसीसी अनुमोदनमा आफूले सहयोग गर्ने कुरा ओलीले राख्नु भएको थियो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्का उपाध्यक्ष विष्णु पौडेललाई साथ लिएर अध्यक्ष अ‍ोलीले बालुटार पुग्नु भएको थियो । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीलाई कांग्रेसले साथ दिएसम्म अन्य विषयमा सहकार्य हुन नसक्ने ओलीले स्पष्ट रुपमा भनेको बैठकमा सहभागी उपाध्यक्ष पौडेलले बताउनुभयो । गत शुक्रबार प्रधानमन्त्री देउवा बालकोट पुगेर अध्यक्ष अ‍ोलीसँग छलफल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया