Khadya Bibhag

राजेन्द्र महतोले भन्नुभयो, ‘आन्दोलनको तयारीका लागि चुनावमा भाग लिएका हौं

काठमाडौँ वैशाख १७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अगामी संघर्षको तयारीका लागि स्थानीय तहको चुनावमा भाग लिएको बताउनुभएको छ । मधेशको पहिचान र अधिकारका लागि लोसपा सघर्ष गर्ने तयारी गरिरहेको छ, त्यही तयारी स्वरुप लोसपाले स्थानीय तहको चुनावमा भाग लिएको बताउनुभयो ।

लोसपाको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले गठबन्धनको चुनावले जनतालाई झुक्याउने काम गरेको टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो, काँग्रेस, जसपा, माओवादी केन्द्रका मतदाताले कुन पार्टीलाई कति मतदान गरे, कुन दलको कति मतदाता छन् त्यो कसरी थाह पाउने, एक दलका मतदाताले अर्को दलका उम्मेदवारलाई मतदान गर्छन् यो कस्तो प्रतिस्पर्धा हो, कस्तो लोकतन्त्र हो ।’

यो स्थानीय तहको चुनावमा कम्युनिष्ट, काँग्रेस भन्दा लोसपा फरक रहेको उहाँले बताउनुभयो । उहाँले लेसपा पार्टी सत्ताका लागि चुनावमा भाग नलिएको दावी गर्दै अधिकार र पहिचानका लागि चुनावमा भाग लिएको दावी गर्नुयभो । चुनावलाई पनि हामीले एउटा आन्दोलन र संघर्षको रुपमा लिएका छौं, उहाँले भन्नुभयो, ‘त्यसैले अन्य पार्टी र हाम्रो पार्टीबीच फरक रहेको छ ।’

तपाईको प्रतिक्रिया