Khadya Bibhag

अहिले के गर्दैछन् गजेन्द्रनारायण सिंहका अनुनायीहरु ?

काठमाडौँ माघ १०–नेपाल सद्भावना पार्टी नेपालका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन भएको २१ वर्ष वित्ति सकेको छ ।

उहाँले मधेशको अधिकार र पहिचानका लागि उठाएका मागहरु कति पुरा भए, कति भएन त्यसको हिसाब किताब गर्दै गर्ला तर उहाँले स्थापना गरेको दलको नामो निसान पनि रहेन । त्यही दलबाट नेताहरु पार्टीका ठूला ठूला पदमा जानुभयो, उप्रधानमन्त्री, मन्त्री, सांसदलगायतसम्म हुनुभयो तर गजेन्द्रनारायण सिंहले स्थापना गरेको दलको चर्चा पनि छैन ।

नेपाल सद्भावना पार्टीका नेता ह्रदयश त्रिपाठी, राजेन्द्र महतो, सरिता गिरी, खुशीलाल मण्डल, भरत विमल यादव, श्यामसुन्दर गुप्ता, अनिल झा, रामेश्वर राय यादव, खुशीलाल मण्डल, विकास तिवारी, अमृता अग्रहरी, लक्ष्मणलाल कर्ण, रामनरेश राय यादव, देवेन्द्र मिश्र, देवेन्द्र यादव, मनिष सुमन, नवल किशोर साह, बद्री मण्डललगायत थुप्रैं नेताहरु गजेन्द्रनाराण सिहंका साथमा काम गर्नुभयो । अहिले त्यसमध्ये कतिपयले राजनीति छाड्नु भएाके छ भने कतिपय अन्य अन्य दलमा नेतृत्वदायी भूमिकामा छन् ।

ह्रदय त्रिपाठी लामो समय नेपाल सद्भावना पार्टीमा काम गर्नुभएको थियो । पछि उहाँ महन्थ ठाकुरसँग तमलोपा गठन गर्नुभयो । तर त्यहाँ कुरा नमिलेपछि उहाँ अलग्गै स्वतन्त्र समूह बनाउनु भएको थियो । अहिले उहाँले आफ्नै नेतृत्वमा जनता प्रगतिशिल पार्टी गठन गर्नुभएको छ । नेपाल सद्भावना पार्टीबाट अलग भएर सद्भावना पार्टी गठन गरेर पछि राजपा, त्यसपछि जसपा र अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छन् ।

अनिल झा पनि सद्भावन पार्टीबाट अलग भएर संघीय सद्भावना पार्टी बनाउनु भएको थियो । उहाँ पनि राजपा, जसपा हुँदै लोसपामा पुग्नु भएको छ । रामेश्वर राय यादव नेपाल सद्भावना पार्टी छाडेर मधेशी जनअधिकार फोरम, त्यसपछि लोकतान्त्रिक फोरम अहिले उहाँ माओवादीमा हुनुहुन्छ । खुशीलाल मण्डल नेपाल सद्भावना पार्टी छाडेपछि स्वतन्त्र भएर बस्नुभएको छ । भारत विमल यादव नेपाल सद्भावन पार्टी छाडेर फोरममा जानु भएको थियो । अहिले उहाँ पनि फोरम छाडेर स्वतन्त्र हुनुभएको छ ।

यसरी नेपाल सद्भावना पार्टीबाट नेता बनेकाहरु कोही सो पार्टीमा छैन अर्थात नेपाल सद्भावना पार्टी इतिहास भइसक्यो । गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरेका खुशीलाल मण्डल भन्नुहुन्छ, अब नेपाल सद्भावना पार्टीले स्थापना गरेको सिद्धान्त र विचार मात्र होइन, त्यसको इतिहास पनि बाँकी छैन, २१ वर्षअघि गजेन्द्रनारायण सिंहको निधन भयो त्यही दिनदेखि सो पार्टीको पतन सुरु भयो र आज नामो निशान पनि छैन ।’ कुनै व्यक्तिले त्यो पार्टीले कतै झोलामा राखेका होला तर अहिले दृश्यमा कतै छैन ।

पहिला पहिला गजेन्द्रनारायण सिंहको पुण्यतिथि, जन्मतिथिमा सो पार्टीमा रहेका नेताहरुले विभिन्न कार्यक्रम गरि उहाँको सम्झना गर्नुहुन्थ्यो तर नेताहरुले विस्तारै विस्तारै बिर्सिदै गइरहेका छन् अहिले उनीहरुको सम्झनामा पनि छैन । उहाँको नाममा खुलेका विभिन्न एनजियोहरुले सानोतिनो कार्यक्रमहरु गरेर औचारिकता दिनुभएको छ । राजनीतिज्ञ मण्डल भन्नुहुन्छ, ‘गजेन्द्रबाबुले आठ जिल्लालाई मात्र मधेश बनाउनुपर्छ भन्नुभएको थिएन, उहाँले पूर्वदेखि मेचीदेखि पश्चिम महाकालीसम्मका भुभागलाई स्वायत्त मधेश बनाउनुपर्छ भन्नुभएको थियो तर अहिले आठवटा जिल्लामा समिति भएको छ ।’

उहाँले नेपाल सद्भावना पार्टी र उसको विचार, सिद्धान्त समाप्त हुनुमा सबभन्दा बढी दोषी ह्रदयश त्रिपाठी र राजेन्द्र महतो रहेको दावी गर्नुभयो । आज गजेन्द्रनारायण सिंह सम्झनामा समेत नरहनुमा उहाँहरु नै दोषी रहेको दावी उहाँले गर्नुभयो ।

त्यस्तै मधेश मुद्दालाई लिएर जागिर समेत छाडेर गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरेका भरतविमल यादव भन्नुहुन्छ, ‘गजेन्द्रनारायण सिंहले उठाएको मुद्दा जिवित भएपछि उसको विचार र सिद्धान्त समाप्त भइसकेका छन्, र यो समाप्त हुनेमा अहिलेमा मधेशवादी दलका नेताहरु दोषी रहनु भएको छ ।’ गजेन्द्रनारायण सिंहले चाहेको पहिचानमा आशिंक प्राप्त भएपनि पूर्ण हुन सकेको छैन, अधिकारको कुरा त धेरै टाढाको विषय भएको बताउँदै उहाँले गजेन्द्रनारायण सिंहले उठाएको कुनै माग पुरा नभएको बताउनुभयो ।

गजेन्द्रनारायण सिंहलाई नजिकबाट बुझेका वरिष्ठ पत्रकार सीताराम अग्रहरीले भन्नुभयो, ‘मधेशी नेताहरु राजनीतिक गर्दैनन्, उहाँहरु व्यपार गर्नुहुन्छ व्यपारमा उहाँहरुलाई जेमा फाइदा हुन्छ त्यो गरिरहनु भएको छ ।’ गजेन्द्रनारायण सिंहलाई मधेशी नेताहरुले नसम्झे पनि मधेशी जनताले मुटुमा राखेर सम्झिरहेको बताउँदै उहाँले मधेशी नेताहरु अहिले सत्ताका दौडमा हुनुहुन्छ अनि गजेन्द्रनारायण सिंहलाई कसरी सम्झोस् भनि टिप्पणी गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया