राष्ट्रिय स्वतन्त्र पार्टीका श्रम मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजिनामा दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसामु राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया