सप्तरी असोज १५ गते । इन्टेलेक्चुअल फाउण्डेशन नेपाल राजविराजद्वारा मधेस प्रदेश शैक्षिक जागरण अभियान अन्तर्गत “सप्तरी शैक्षिक विचार मन्थन” अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गत शनिवार राजविराजमा आयोजित सो अन्तरक्रिया कार्यक्रमको इन्टेलेक्चुअल फाउण्डेशन नेपालका अध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका प्राज्ञ सभा सदस्य डा. सूर्य प्रसाद यादवको अध्यक्षता भएको थियो । कार्यक्रमका पूर्व प्रमुख निर्वाचन आयुक्त प्रध्यापक डा. अयोधी प्रसाद यादव हुनुहुन्थ्यो भने त्रिवि सिनेट सदस्य सहप्राध्यापक डा.शिवनारायण यादव, सिरहा क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रध्यापक डा. रामखेलावन यादव, मधेश कृषि विश्व विद्यालयका रजिस्टार डा. श्रीभगवान ठाकुर, महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजका सहप्राध्यापक डा.सुशिल कर्ण, लगायतका शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको उपस्थिति थियो ।
कार्यक्रममा राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवले सप्तरीको समग्र शिक्षाको अवस्थाको बारेमा आफ्नो प्रस्तुती दिनुभएको थियो ।
आफ्नो प्रस्तुतीमा जिल्लाको साक्षरता दर, विद्यार्थी र शिक्षकको तहगत विवरण र एसइइको नतिजाको बारेमा धारणा राख्नु भएको थियो । पूर्व प्रमुख निर्वाचन आयुक्त प्रध्यापक डा.अयोधी प्रसाद यादवले सप्तरीको शैक्षिक अवस्था दैनीय रहेको स्विकार गर्दै यसलाई सुधार गर्न शिक्षक, अविभावक र सरकारी समयन्त्र विच सामनजस्यता हुनु जरूरी देखिएको धारणा राख्नु भएको थियो ।
तपाईको प्रतिक्रिया