काठमाडौँ मंसिर १७ गते । मधेश प्रदेशमा सात स्थानको लागि भएको उपनिर्वाचन परिणामले जनता समाजवादी पार्टी नेपाल र काँग्रेसलाई २–२ स्थान र बाँकी एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीलाई १–१ स्थान प्राप्त भएको छ ।
जसपा नेपालले विगतमा रौतहटको गढीमाई वडा नम्बर ८ मा प्राप्त गरेको १ सिट गुमाएको छ भन्ने सप्तरी डाक्नेश्वरी नगरपालिका वडानं १ र ४ मा काग्रेसले जितेको २ स्थान आफ्नो पक्षमा पार्न सफल भएको छ ।
बाँकी स्थानहरुमा पनि जसपा नेपालले सम्मानजनक मत नै प्राप्त गरेको जसपा नेपालका महासचिव रामकुमार शर्माले दावी गर्नुभएको छ ।
२०८१ उपनिर्वाचन परिणामले मधेश प्रदेशमा जसपा नेपाललाई मधेशी नागरिकले प्रमुख शक्ति रुपमा स्वीकार गरेको दावी गर्दै उहाँले बाकी मधेश केन्द्रित दलहरु जनमत र लोसपा नेपाललाई ओलीले मुख्यमन्त्री र मन्त्रीको ललिपप देखाए पनि मधेशी नागरिकले तिनीहरुलाई पुर्ण रुपमा अस्वीकार गरेको विश्लेषण गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘जसपा नेपाल यसबाट सन्तुष्ट हुनु जरुरी छैन, किनकी यसको जन्म केही सिट स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा सिमित रहनको लागि भएको होइन । यसको जन्म पहिचान सहितको समृद्ध संघियता, समाबेशी लोकतन्त्र, समाजिक न्याय र समाजवादी व्यवस्था सहितको मधेशी लगायत पछाडी पारिएका नागरिकहरुको मुक्तिका लागि भएको हो ।’
उहाँले उपनिर्वाचनको परिणामले स्पष्ट रुपमा पहिचानवादी मधेशी, जनजाती एवं उत्पीडित जातीय, क्षेत्र लगायतका शक्तीहरु कमजोर हुँदै जाने संकेत गरेको बताउनुभयो । यथास्थितिवादी काँग्रेस तथा पहिचान सहितको संघियता बिरोधी शक्ति एमाले मधेशमा सबल हुँदै गएको तर्फ अधिकारवादी आन्दोलनकारी शक्तीहरुले समयमै गम्भीरतापूर्वक सोच्न जरुरी रहेको विश्लेषण गर्नुभएको छ ।
नश्लिय व्यवस्थाको विरुद्धमा एकताबद्ध भएर संघर्ष गर्नुपर्ने शक्तिहरु नै एकआपसमा ससाना स्वार्थको लागि फुट्ने र शासक वर्गको गुलामी गर्ने प्रवृतीले आलोपालो सबैको बिघटन र बिनाश असम्भावी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सबैले आआफ्नो ईगो त्यागौ, सम्पुर्ण पहिचान पक्षधर शक्ति बिच संविधानको संशोधन, संघियताको सफल कार्यान्वयन एवं भ्रष्टाचार बिरुद्ध संघर्षको लागि मोर्चाबन्दी गरौ, अन्यथा देशमा भइरहेको कुशासन, लुटतन्त्र, कालाबजारी एवं चरम बेरोजगारीको बिरुद्धमा हुने बिद्रोहले सबैलाई एकनाशले दण्डित गर्न सक्छ र मुलुक अझै दिशाबिहिन यात्रा तर्फ जानसक्छ ।
तपाईको प्रतिक्रिया