काठमाडौँ पुस २२ गते । मधेशवादी दलको बिचमा मोर्चा बन्दीका लागि संवाद तथा छलफलका लागि धमाधम वार्ता समिति तथा कार्यदलहरु गठन गरिरहेका छन् । आज वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीले पनि एउटा कार्यदल सार्वजनिक गरेको छ ।
मधेश केन्द्रित दलहरु बिच हुने सहकार्यका लागि वार्ता गर्न तमलोपाका वरिष्ठ नेता एवं संविधानसभा सदस्य डा. विजयकुमार सिंह नेतृत्वमा कार्यदल गठन गरिएको छ । ्तमलोपाका प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले २०७९ साउत २४ गते नै अन्तर पार्टी संवाद र विचार मिल्ने पार्टीहरुसँग सहकार्यको वातावरण बनाउन सो कार्यदल गठन गरिएको थियो । वरिष्ठ नेता सिंहको संयोजकत्वमा गठित उक्त कार्यदलमा रविशंकर लाल कर्ण (सुभाष) र बिभा ठाकुर सदस्य रहनु भएको छ ।
तमलोपा, जनता प्रगतिशील पार्टी र जनमतको बीचमा सहकार्य गर्ने सहमति पहिले नै भइसकेको हो । संविधान संशोधनको विषयमा केन्द्रित रहेर तमलोपा, मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सद्भावना पार्टी, जन अधिकार पार्टी तथा एकीकृत समाजवादी पार्टीका स्थानीय नेताहरु सम्मिलित संयुक्त मधेश संघर्ष समिति समेत गठन भएको छ । समितिले धनुषा, महोत्तरी र सिरहामा खबरदारी सभाहरु गरिसकेको छ । अन्य जिल्लाहरु यस्तै खबरदारी सभा गर्ने तयारी भइरहेको उमेश कुमार मण्डलले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया