Khadya Bibhag

मधेशमा मोर्चा बनाउन गठन भएको कार्यदलको पहिलो बैठक भोली

काठमाडौँ पुस २९ गते । मधेशमा मोर्चा बनाउन मधेशवादी दललहरुले आआफ्नो पार्टीमा गठन गरेको कार्यदलको संयुक्त बैठक भोली बस्ने भएको छ ।
धुम्बाराहीमा बस्ने बैठकमा मोर्चा बनाउने कि बनाउने, बनाउने हो भने कुन उद्देश्यले बनाउने, कस्तो बनाउने, कुन मोडालिटीमा बनाउने लगायतका विषयामा छलफल हुने बताइएको छ ।
भोली बस्ने बैठकमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट गठन भएको कार्यदलका संयोजक रहनु भएका उपाध्यक्ष राजकिशोर यादव, जनता समाजवादी पार्टीले गठन गरेको कार्यदलको सदस्य एवं सो पार्टीका उपाध्यक्ष रेणु यादव, कार्यदलका अर्का सदस्य एवं पार्टीका महासचिव इस्तियाक राइ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट गठन भएको कार्यदलका संयोजक एवं उपाध्यक्ष जितेन्द्र सोनल एवं कार्यदलका अर्का सदस्य समेत रहनु भएका महासचिव डा.सुरेन्द्र झा, जनमत पार्टीका तर्फबाट गठन भएको कार्यदलका संयोजक समेत रहनु भएको उपाध्यक्ष अब्दुल खान, कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा.शरद यादव, जनता प्रगतिशिल पार्टीको तर्फबाट कार्यदलका सदस्य रहनु भएका उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल रहने बताइएको छ ।
सत्ताधारी दुई दल काँग्रेस र एमालेले संविधान संशोधनको माध्यमबाट थ्रेडहोल्ड बढाउने तथा समानुपातिक निर्माण प्रणाली हटाउने लगायतको चर्चा हुन थालेपछि मधेश केन्द्रीत दलहरु मोर्चाबन्दी गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया