Khadya Bibhag

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं, बैशाख ११ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ।

बैठकमा भोलिदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ।

साथै, संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ।

तपाईको प्रतिक्रिया