Khadya Bibhag

जसपा नेपाल सिरहामा अध्यक्ष पदमा कुरा नमिलेपछि हुने भयो चुनाव

सिरहा वैशाख ११ गते

वैशाख ८ गतेदेखि सुरु भएको जनता समाजवादी पार्टी नेपाल सिरहाको अधिवेशनमा नेतृत्वका लागि सहमति नबनेपछि निर्वाचन प्रकृयामा जाने भएको छ । पार्टीका उपाध्यक्ष राजकिशोर यादवले राती १० वजेसम्म सहमतिका लागि प्रयास गगर्नुभएको थियो । तर सबै जना आआफ्नो अडानमा बसेपछि सहमति बन्न सकेन ।

अध्यक्षपदका लागि अशोक यादव, रामदयाल यादव, रामचलित्र महतोलगायतको दावी रहेको छ । उहाँहरु आआफ्नो अडानमा बसेपछि सहमति बन्न सकेन । उहाँहरु चुनावमै जाने भएको छ । उपाध्यक्षमा राकेश कुमार गुप्ता, रमेश कुमार यादव, योगानन्द यादव, सोभित कुमार पासवान, लालबहादुर साह, राजेन्द्र प्रसाद साह, अशोक कुमार मण्डलको दावी रहेको छ । यो पदमा पनि चुनाव हुने निश्चित भएको छ ।

सचिवमा बिन्द कुमार मण्डल र हरेराम यादवले दावी गर्नुभएको छ । यसमा पनि चुनाव हुनेभएको छ । कोषाध्यक्षमा कृष्णाकुमारी यादव र लक्ष्मी कुमारी श्रेष्ठको दावी छ भने मनिक लाल यादव, हरिनारायण यादव, दिनेश कुमार महतो, इन्दल कुमार मण्डल, विजय कुमार यादव, प्रभात कुमार सिहले सहसचिवमा दावी गर्नुभएको छ । यी सबै पदमा निर्वाचन हुने भएको छ ।

तपाईको प्रतिक्रिया