जगदम्बा स्टिल कारखानामा आगलागी, दुईजनाको मृत्यु

बारा असार ५ गते । कारखानामा वेल्डिङ्ग गर्ने क्रममा बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा शनिबार भएको आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । वेल्डिङ गर्ने क्रममा कारखानामा रहेको फर्नेस आयल ट्यांकर विस्फोट भएको थियो।

आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो । कारखानामा वेल्डिङ गर्ने क्रममा विद्युत सर्ट भई आगलागी भएको उहाँले बताउनुभयो।

 

 

 

तपाईको प्रतिक्रिया