यस्तो छ मिथिला परिक्रमाको १५ दिने यात्रा

जनकपुर फागुन २० गते । मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमाका तीर्थयात्री आज भारतको कलाणेश्वरका लागि प्रस्थान गरेका छन् ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा बिहीबारदेखि विधिवत् रुपमा सुरु भएको हो । मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नुपर्दछ कि सनातन संस्कारको महान् अनि पावन उदाहरणीय घटनामध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासँग लगनगाँठो कस्दाको इतिहास अझै पनि पवित्र मिथिलाधामका गाउँ, चोक अनि चौतारीमा भनिन्छ, कथिन्छ, गाइन्छ अनि आत्मसात गरिन्छ ।

यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसँग सम्बन्ध राख्ने स्थान र अवयव छुने गर्दछ । हुन त मिथिला नगरमा वर्षमा तीनवटा परिक्रमा हुने गर्दछन् र कात्तिक, फागुन र वैशाखका महिनामा ती परिक्रमा हुने गर्दछन् । यी तीन परिक्रमामध्ये फागुनमा हुने परिक्रमाको महत्व असाध्यै छ । यस परिक्रममा १३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत्रुपमा बिहीबारदेखि सुरु भएको हो ।

धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोला जनकपुरबाट सुरु भई आज सीमावर्ती भारतीय गाउँ कल्याणेश्वर महादेव स्थान पुग्नेछ ।

फागुन कृष्णपक्षको औँसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा बिहीबारदेखि सुरु भएको हो । बिहीबार राति धनुषाको हनुमानगढमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालु आज बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमानगढ पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत्रुपमा सुरुआत हुने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।

महाशिवरात्रिलगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालीको फागुन महिना उल्लास एवं भक्तीमय हुने भएको छ । धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोला जनकपुरबाट सुरु भई आज सीमावर्ती भारतीय गाउँ कल्याणेश्वर महादेव स्थान पुग्नेछ । परिक्रमामा सहभागी क्रमशः फूलहर ९गीर्जास्थान० हँुदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजाराँै सहभागिता रहने गरेको छ । यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जग्गनाथ दास वैष्णवले बताउनुभयो ।

परिक्रमामा सहभागीका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागीको सुविधाका लागि १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ । परिक्रमावासी राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन् । सहभागी दिनभरि यात्रा गर्छन् र भजन, कीर्तन तथा सत्संग गरेर रात बिताउँछन् । नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।

परिक्रमावासी राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन् । सहभागी दिनभरि यात्रा गर्छन् र भजन, कीर्तन तथा सत्संग गरेर रात बिताउँछन् ।

मिथिला महात्म्यअनुसार १८औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाकारुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, वैजनाथधामका साधु उल्लेख्यरुपमा सहभागिता हुने गर्दछ ।
परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको कुरा पण्डित इन्द्रकान्त झाले बताउनुभयो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागिता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरु उत्साहका साथ यस यात्रामा सहभागी हुने गर्दछन् । मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेले छोटो दूरीको अन्तगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ । मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोसी नदी भएर पुनःहरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गङ्गा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ ।

यो परिक्रमा अचेल साधुसन्तको सीमित सङ्ख्याले मात्र गर्ने गरेको कुरा जानकी मन्दिर जनकपुरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो । वृहत् माध्यमिकी र अन्तगृह परिक्रमा मङ्सिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भए पनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा रहेको महन्थ दासले बताउनुभयो । केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका स्वःमहन्थ बाबा नारायण दासजीले करिब १५० वर्षपूर्व समयदेखि २०० सम्म साधुसन्तलाई लिएर वनजङ्गलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशनानुसार प्रारम्भ गर्नुभएको बताइन्छ । त्यसलाई करिब ५० वर्षपछि स्थानीय सीताकुण्डका महन्थ परमहंश सियालाल शरणले ५०० साधु र बाजागाजासहित परिक्रमा गरेको संस्कृतविद् रामभरोस कापडी भ्रमरले बताउनुभयो ।

पाँच सयको सानो सङ्ख्यालाई बढाएर २० हजार पु¥याइ परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्थ परमहंशको उल्लेखनीय योगदान रहेको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णवले बताउनुभयो । माध्यमिकी परिक्रमामा करिब ६० वर्षअघिदेखि मिथिला महात्मयको कथा वाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले ७० वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमाको धार्मिकीकरण गरे । उनको निधनपछि मिथिला महात्मयको कथा वाचन गर्ने काम उहाँका शिष्य सियाराघव शरणले गरिरहेका छन् ।

केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका स्वःमहन्थ बाबा नारायण दासजीले करिब १५० वर्षपूर्व समयदेखि २०० सम्म साधुसन्तलाई लिएर वनजङ्गलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशनानुसार प्रारम्भ गर्नुभएको बताइन्छ ।

मिथिलाञ्चालको सांस्कृतिक धरोहरका रुपमा रहेको परिक्रमा यात्रीले प्रयोग गर्ने सडकमार्गको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् जनकपुर तथा सडक डिभिजन कार्यालय मुजेलियाले परिक्रमा सडक भनेर निर्माण कार्य थालेका छन् । निर्माणकार्यअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिकादेखि महोत्तरीको हरिहरपुर हरिणमरिसम्म कालोपत्र सडक निर्माण भइसकेको छ ।

यस्तो छ परिक्रमा पथ

पहिलो दिनः
फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमाननगर ९कुवा० हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्ति भएको १६० वर्षअघि स्थापित मन्दिर छ ।

दोस्रो दिनः
दोस्रो दिनको मेला लाग्ने कल्याणेश्वर भारत उत्तर विहारको बासोपट्टी तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कल्याणेश्वर (कलना) निकै आकर्षक एवं मनमोहक छ । भविष्यज्ञाताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा ११० वर्ष बसेको ठाउँ पनि यही हो ।

तेस्रो दिनः तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशङ्कर, जानकी, गिरिजा भगवती र गणेशका मूर्ति एवं कप्टहारिणी र शरसमीर पोखरीह भएको यो ठाउँबाट जमुनी नदी बगेको छ ।

चौथो दिन ः
यस दिन परिक्रमाका यात्री नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा आठ वटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठ छन् ।

पाँचौँ दिन ः
मिथिला परिक्रमाका यात्री यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ ।

छैटौँ दिन ः
यस दिन यात्री जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुई वटा आकर्षक पोखरी छन् ।

सातौँ दिन ः
दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ ।

आठौँ दिन ः
यात्रीको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।

नवौँ दिन ः
यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् ।

दसौँ दिन ः
यस दिन यात्री धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगङ्गा नदी एवं उत्तरपट्टी करिब ५०० बिघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ ।

एघारौँ दिन ः
यात्रीको एघारौँ दिनको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ ।

बा¥हौँ दिन ः
यात्रीको बा¥हौँ दिनको गन्तव्य औरही हो । जनकपुर जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् ।

ते¥हौँ दिन ः
भारतको विशौल परिक्रमा यात्रीको ते¥हौँ दिनको गन्तव्य हो ।

चौधौँ दिन ः
चौधौँ दिन परिक्रमाका यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कल्याणेश्वर नजिकै पर्दछ ।

पन्ध्रौँ दिन ः
यस दिन परिक्रमाका यात्री जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोसी परिक्रमा (अन्तगृह) पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठ,मन्दिरमा दर्शन, पूजन गरी घर फर्कन्छन् ।

यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ । परिक्रमा यात्रीका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी र गैरसरकारी क्षेत्रका संस्था प्रयासरत रहेका हुन्छन् । महाशिवरात्रि सम्पन्नलगत्तै प्रारम्भ हुने धार्मिक यात्रा होली खेलेर समापन गर्ने परम्परा छ ।

मासु मदिरा प्रतिबन्ध
मिथिला मध्यमिकी परिक्रमालाई मध्यनजर गर्दै जनकपुरधाममा माछा, मासु र मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लागाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमाको डोलाका सबै विश्रामस्थल र त्यहाँभन्दा एक किलोमिटर वरिपरी माछामासु बेचबिखनमा रोक लगाएको हो । जिप्रकाले एक सूचना जारी गर्दै परिक्रमाको डोला पुग्नु २४ घण्टा अगावैदेखि लागू हुनेगरी पशुबध तथा माछा, मासु बिक्रीवितरण, सेवन नगर्न र नगराउन भनिएको छ ।
–रासस

तपाईको प्रतिक्रिया