काठमाडौँ फागुन २१ गते । मधेशी एकता समाज यूएईको आयोजनामा होली मिलन कार्यक्रम २०२४ भब्यतासाथ आइतवार सम्पन्न भएको छ ।
समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवको अध्यक्षमा भएको कार्यक्रममा मुख्य अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ एवं श्रम मन्त्री शरतसिंह भण्डारी हुनुहुन्थ्यो । सो कार्यक्रमा एन.आर.एन कतारका प्रेसिडेन्ट रमेश भट्ट, एन.आर.एन यूएईको प्रेसिडेन्ट विकास साही, नेपाल मुस्लिम आयोगका अध्यक्ष सलिम अन्सारी, नेपाल दूतावास यूएईको उपमहामहिम विशाल भट्टराई, तृतीय सचिव विमलेश मिश्र, तृतीय सचिव दिलिराम शर्मा, श्रम काउन्सिलर दिनबन्धु सुबेदी, मधेशी एकता समाजको नेपाल इकाइको संयोजक डा.बबी सिंह यादव, मधेशी एकता समाजको संस्थापक र अन्तर्राष्ट्रिय संयोजक डा. रवीन्द्र कुमार यादवलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपालबाट गायक जागेश कुमार ठाकुर, नृत्याङगना निरुता साहले प्रस्तुति दिए भने स्थानीय कलाकारहरु गायक भोला पासवान, नृत्य कलाकार ईशा, शितल, पुनम, र अजित गोले नेतृत्वको नेपाली ब्वाइजले आफ्नो प्रस्तुति दिनुभयो ।
कार्यक्रममा युएईमा भुउपग्रह को सफ्टवेयर डिजाइनिङ गर्ने मुकेश झा, मिसाइल डिजाइनिङ मा कार्यरत इञ्जिनियर दीपक कुमार यादव, न्यूयोर्क युनिभर्सिटी आबुधाबीबाट डिग्री प्राप्त गर्ने पहिलो मधेशी उत्तम मिश्रा, दुबईमा फ्याक्ट्री स्थापना गर्ने पहिलो मधेशी विनेश यादव, मधेशी व्यापारी कविन्द्र यादव, गणेश पुरबे, जीबछ साहलाई सम्मान गरेको थियो ।

श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले मधेशी एकता समाजलाई विदेशका भूमि पनि सम्पूर्ण मधेशीलाई जोडेर राखेकोमा प्रसंशा व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकारले वैदेशिक रोजगारमा जाने चाहने आवश्यक पर्ने शिप तथा पैसा नेपाल सरकारले उपलब्ध गराउने कुरामा जोड दिने जानकारी गराउनुभयो ।

मधेशी एकता समाजको अन्तर्राष्ट्रिय संयोजक रविन्द्र कुमार यादवले वर्तमान समयमा वैदेशिक रोजगारमा रहेका मधेशी युवाहरूको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको जानकारी दिनुभएको छ । उहाँले कम्तीमा सीपको प्रशिक्षण लिने र उमेर २० वर्ष पुगे पछि मात्रै वैदेशिक रोजगारको लागि आउने वतावरण बनाउने कुरामा जोड गर्न दिनुभयो ।

मधेशी एकता समाजका नेपालका संयोजक डा.बबी सिंह यादवले होलीको कार्यक्रमको शुभकामना दिनुभयो । मधेशी एकता समाजका नेपाल इकाइले गर्दै आएको विभिन्न क्षेत्रमा सहयोग र समन्वयको जानकारी दिनुभयो ।

नेपालमा होली मार्च २५ मा भए पनि रमजानको पवित्र महिना मार्च ९ देखि अप्रिल ९ सम्म चल्ने भएकोले, होली मिलनको कार्यक्रम रमजान अगावै मार्च ३ तारीख मनाइयो ।



तपाईको प्रतिक्रिया