सप्तरीमा बस दुर्घटना एकजनाको मृत्यु

राजविराज असार ९ गते । सप्तरीको पूर्व पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमामा आज विहान बस दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको निधन भएको छ भने ११ जना घाइते भएका छन् ।

दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको सप्तरीका डीएसपी माधव प्रसाद काफ्लेले बताउनुभधयो । विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ भने घटनाको थप छानविन भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया