काठमाडौँ फागुन १४ गते । लामो समयदेखि सिरहा–काठमाडौ नाइट बस चलाउँदै आएका चालक बेचन यादवको निधन भएको छ ।
सिरहा–काठमाडौँ चल्ने सिरहा सफारी बस चलाएर फागुन ५ गते काठमाडौँ आउने क्रममा सर्लाहीको फुलजोरमा दुर्घटना हुँदा उहाँ घाइते हुनुभएको थियो । उपचारको क्रममा आज निधन भएको सोही बसमा कार्यरत घन्सी पासवानले बताए । सिरहा नगरपालिका–७ क ५५ वर्षीय बेचन यादव चलाई रहेको सो बसे फूलजोर नजिकैको बाँके जंगलमा उखु लोड गरिएको ट्याक्टरसँग ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनपछि उहाँलाई उपचारका लागि पर्साको वीरगञ्ज लगिएको थियो, त्यहाँबाट थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज उहाँको निधन भएको हो । सिरहा–काठमाडौँ बस चलाउने चालकमा उहाँलाई अनुभवी चालकको रुपमा गिन्ती हुन्थ्यो ।
तपाईको प्रतिक्रिया