हंसिया प्रयोग गरि श्रीमतिको हत्या

सिरहा फागुन २८ गते । सिरहा नगरपालिका वार्ड नम्बर -६ बसबिट्टामा धारिलो हतियार प्रहार गरी एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

सिरहा नगरपालिका वार्ड नं – ६ बसबिट्टाको राम उदगार साहले ६० वर्षीया श्रीमती निर्मला साहको हत्या गरेका हुन्। निर्मलाको हत्या गरिएको अबस्थामा शव खेतमा फेला परेको सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिनुभयो ।

उहाँले घरायसी विवादमा राम उदगारले श्रीमतीको हत्या गरेको बताउनुभयो। हत्या आरोपमा राम उदगारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँको भनाई छ। यसअघि सिरहाको गोलबजारमा पनि घरायसी विवादमै एक पुरुषले श्रीमतीको हत्या गरेका थिए।

तपाईको प्रतिक्रिया