सीताराम गोकुल मिल्क्सले खोल्यो नयाँ विक्रि केन्द्र

काठमाडौँ साउन १७ गते । सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रा.लि.ले सिताराम दुध तथा दुधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा आजबाट संचालनमा ल्याएको छ ।

दुध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्री वितरणको २७ वर्ष पुगी २८ वर्ष पवबेशको यो अवसरमा यो सिताराम डेरीको चौथो तथा आफनै दोश्रो बिक्री केन्द्र हो । किर्तीपुरको नयाँबजारमा आज खुलेको यो सिताराम डेरीको बिक्री केन्द्रको उद्घाटन बरिष्ठ हास्य अभिनेत्री, सफल निर्देशक एवं नायिका दिपाश्री निरौला, बरिष्ठ हास्य कलाकार, निर्देशक एवं नायक दिपकराज गिरी र हास्य कलाकार जीतु नेपाल मुन्द्रेले संयुक्त रुपमा गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै बरिष्ठ कलाकार दिपकराज गिरीले सिताराम नामै काफी छ ,ब्राण्डै काफी छ जब कुनैपनि ब्राण्ड स्थापित भइसकेपछि त्यो ब्राण्डलाई गुणस्तरीय उत्पादन गर्दै दीर्घकालसम्म निरन्तर रुपमा यसरी आम ग्राहकमाझ विभिन्न माध्यमबाट उपलब्ध गराउनु भनेको ब्राण्डको आयु अझ मजबुत हुँदै जानु पर्ने बताउनुभयो ।

कालकारी दीपाश्री निरोलाले भन्नुभयो, सिताराम दुधसँग म सुरुको दिनदेखि जोडिएको र आजको दिनसम्म म यही सँगसँगै रहन पाउँदा र आज पनि ब्राण्डसँगै रहन पाउदा अझ बडी जिम्मेवारी महसुश भएको छ ।’ दूधबाट बनेका विभिन्न परिकारहरु जसले मानिसको स्वास्थ्यलाई अत्यन्त लाभदायी हुनेमा दुइमत छैन । हरेक मानिसको घरघरमा सितारामका उत्पादनहरु पुगुन र यसरी आफनै आउटलेट खोली आम ग्राहकहरुलाई सिताराम दूधद्धारा बनेका परिकारहरु पस्कन सफल होस् भनि उहाँले कामना गर्नुभयो ।

किर्तीपुरमा खोलिएको सिताराम दुध बिक्री केन्द्रबाट आम ग्राहकहरुले सितारमा दुध तथा यसबाट बनेमा विभिन्न उत्पादनहरु गुणस्तरीय र ताजा पाउनु विश्वास कम्पनीले गरेको छ । अब चाडै नै बिक्री केन्द्र अन्य स्थानमा पनि फ्रन्चाइज मोडलमा र बिशेष मोडलमा खोल्दै आफ्नो उत्पादनहरुको पहुँच आम ग्राहकसमक्ष पुरयाउने सिताराम गोकुल मिल्कस् काठमाण्डौं प्रा.लि. का अध्यक्ष सुमित केडियाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया