पशुपालनमा मधेश प्रदेश सबभन्दा पछाडि, देशमा कति भइरहेका छन् पशुपालन ?

  • नेपालमा व्यवासायिक रुपमा एकलाख ५० हजार ५६८ बाख्रा पालन भाइरहेका छन् तर सबभन्दा कम मधेश प्रदेशमा चार प्रतिशत मात्र पालन भइरहेका छन् ।

  • नेपालमा व्यावसायिक रुपमा ८८ हजार ४२१ भेडा पालन भइरहेका छन् तर सबभन्दा कम मधेश प्रदेशमा ०.४ प्रतिशत मात्र पालन भइरहेका छन् ।

  • नेपालमा व्यावसायिक रुपमा ३८ हजार ३६० सुगुँर पालन भइरहेका छन् तर सबभन्दा कम मधेश प्रदेशमा एक प्रतिशत मात्र पालन भइरहेका छन् ।

  • नेपालमा व्यावसायिक पशुपालन फार्महरु छहजार ४८६ रहेका छन् त्यसमध्ये सबभन्दा कम मधेश प्रदेशमा ४०४ वटा फार्म मात्र रहेका छन् ।

काठमाडौँ कात्तिक २९ गते । नेपालको कृषि तथ्याङ्कीय प्रणालीलाई सुदृढीकरण गर्न विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा नेपालभरी व्यावसायिक रुपमा संचालनमा रहेका मध्यम तथा ठुला पशुपालन व्यवसायहरुको एकीकृत सर्वेक्षण प्रतिवेदन तयार गरिएको छ । सो प्रतिवेदन कृषि मन्त्रालयले मंगलवार सार्वजनिक गरेको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार, नेपालमाजम्मा ६,४८६ वटा व्यावसायिक पशुपालन फार्महरु रहेको पाईएको छ। यिनीहरु मध्ये १,२३३ वटा गाईपालन फार्म, ९१४ वटा भैंसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, २,२९५ वटा बाख्रा/च्याँग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्मरहेको पाइएको छ ।

यसै गरी, यो सर्वेक्षणले नेपालमा गाई/भैंसीपालन (मिश्रित) फार्म ४८३ वटा, बाख्रा/च्याँग्रा/भेडापालन (मिश्रित) फार्म १९८ वटा रगाई/भैंसीपालन तथा बाख्रा/च्याँग्रा/भेडापालन(मिश्रित) फार्म २६५ रहेको देखाएको छ।यस्ता व्यावसायिक पशुपालन फार्महरु मध्ये प्रदेश नं. १ मा सबै भन्दा बढी अर्थात १,२७० वटा र मधेश प्रदेशमा सबै भन्दा कम अर्थात ४०४ वटा फार्महरु रहेको पाईएको छ।

सर्वेक्षणबाट प्राप्त नतिजाले नेपालमा जम्मा ४४,८७३ वटा गाई/गोरुहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ जसमध्ये उन्नत जातका गाई/गोरुहरुको संख्या ३३,७५७ (७५%) रहेको छ।यिनीहरु मध्ये दुध दिने र नदिने गाईहरुको संख्या क्रमशः १५,३८० (६३%) र ९,१०४ ( ३७%) रहेको छ।सर्वेक्षणले सबै भन्दा बढी अर्थात ९,३६४ वटागाई/गोरुहरुबागमती प्रदेशमा र सबै भन्दा कम अर्थात २,२७४ वटा सुदूरपश्चिमप्रदेशमा रहेको देखाएको छ।

नेपालमा जम्मा १,५०,५६८ वटा बाख्राहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ जसमध्ये उन्नत जातका बाख्राहरुको संख्या ६७,०६७ (४५%) रहेको छ।यी उन्नत जातका बाख्राहरु मध्ये बोर जातका बाख्रा सबै भन्दा बढी अर्थात ३१,६३७ संख्यामा रहेका छन्

यसैगरी, यो सर्वेक्षणले नेपालमा जम्मा ३४,६५३ वटा राँगा÷भैंसीहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ जसमध्ये उन्नत जातका राँगा÷भैंसीहरुको संख्या २४,४४७ (७१%) रहेको छ।यिनीहरु मध्ये दुध दिने र नदिने भैंसीहरुको संख्या क्रमशः १०,८४१ (६१%) र ६,९३१ (३९%) रहेको छ।सर्वेक्षणले सबै भन्दा बढी अर्थात ११,४६९ वटा भैंसीगण्डकी प्रदेशमा र सबै भन्दा कम अर्थात १,६३० वटा सुदूरपश्चिमप्रदेशमा रहेको देखाएको छ।

प्राप्त नतिजाले नेपालमा जम्मा १,५०,५६८ वटा बाख्राहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ जसमध्ये उन्नत जातका बाख्राहरुको संख्या ६७,०६७ (४५%) रहेको छ।यी उन्नत जातका बाख्राहरु मध्ये बोर जातका बाख्रा सबै भन्दा बढी अर्थात ३१,६३७ संख्यामा रहेका छन् भने त्यस पछि जमुनापारी जातका छन् जसको संख्या २३,६६३ रहेको छ ।

सर्वेक्षणले सबै भन्दा बढी अर्थात ३३,२१६ वटा(२२%)बाख्रा प्रदेश नं. १ मा र सबै भन्दा कम अर्थात ६,५०२ वटा (४%)मधेश प्रदेशमा रहेको देखाएको छ।यसैगरी व्यावसायिक रुपमा पालिएका च्याँग्राहरुको संख्या नेपालमा ३१,७८१ पाईएको छ।

सर्वेक्षणले १५,३८० वटा दुध दिने गाईहरु बाटदुध दिने अवधिमा जम्मा ४,५८,०३,४५७ लिटर दुध उत्पादन भएको देखाएको छ। जात अनुसार तुलना गरी भन्नुपर्दा होलिस्टिन/होलिस्टिनक्रसब्रिड जातको गाईबाट सबै भन्दा बढी दुध उत्पादन हुने गरेको पाईएको छ ।

यो सर्वेक्षणले नेपालमा व्यावसायिक रुपमा पालिएका भेडाको जम्मा संख्या ८८,४२१ देखाएको छ जस मध्ये बरुवालजातका भेडा सबै भन्दा बढी अर्थात १३,३३४ संख्यामा रहेका छन् भने त्यस पछि कागे जातका छन् जसको संख्या ६,२४८ रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात ३४,९७५ वटा (४०%)भेडाकर्णाली प्रदेशमा र सबै भन्दा कम अर्थात ३९५ वटा (०.४%) मधेश प्रदेशमा रहेको देखाएको छ।

यस्तै सर्वेक्षणबाट प्राप्त नतिजालेनेपालमा व्यावसायिक रुपमा पालिएका सुँगुरको जम्मा संख्या ३८,३६० देखाएको छ जस मध्ये उन्नत जातका सुँगुरहरुको संख्या ३५,२३०(९२%) रहेको छ।सर्वेक्षणले सबै भन्दा बढी अर्थात १६,८८४ वटा (४४%)सुँगुरप्रदेश नं. १ मा र सबै भन्दा कम अर्थात ५२८ वटा (१%) मधेश प्रदेशमा रहेको देखाएको छ।

यसैगरी सर्वेक्षणले १५,३८० वटा दुध दिने गाईहरु बाटदुध दिने अवधिमा जम्मा ४,५८,०३,४५७ लिटर दुध उत्पादन भएको देखाएको छ। जात अनुसार तुलना गरी भन्नुपर्दा होलिस्टिन/होलिस्टिनक्रसब्रिड जातको गाईबाट सबै भन्दा बढी दुध उत्पादन हुने गरेको पाईएको छ ।

गाईको दुध उत्पादनको दृष्टिकोणले १,३५,९८,५१० लिटर दुधको उत्पादन सहित बागमती प्रदेश अग्रणी स्थानमा रहेको पाईएको छ।प्राप्त नतिजाले स्थानिय जातको गाईको सरदर दुध दिने अवधि नौ महिना र उन्नत जातको दश महिना देखाएको छ भने प्रति गाई प्रति दिन सरदर दश लिटर दुध उत्पादन हुने गरेको पाईएको छ।

यसैगरी सर्वेक्षणले यी व्यावसायिक फार्महरु बाट २,३२,३१,०९१ लिटर भैंसीको दुध उत्पादन भएको देखाएको छ। जात अनुसार तुलना गरी भन्नुपर्दा मुर्रा जातको भैंसीबाट सबै भन्दा बढी दुध उत्पादन हुने गरेको पाईएको छ।भैंसीको दुध उत्पादनको दृष्टिकोणले ८३,८८,१८३ लिटर दुध सहित गण्डकी प्रदेश अग्रणी स्थानमा रहेको पाईएको छ ।

प्राप्त नतिजाले भैंसीको सरदर दुध दिने अवधि नौ महिना देखाएको छ भने प्रति भैंसी प्रति दिन सरदर आठ लिटर दुध उत्पादन हुने गरेको पाईएको छ।सन्दर्भ हप्तामा उत्पादित दुध मध्ये गाईको ८९% र  भैंसीको ८५% बिक्री हुने गरेको समेत सर्वेक्षणले औंल्याएको छ।

तपाईको प्रतिक्रिया