जनता समाजवादी पार्टी नेपालमा सत्तासमिकरणका लागि आन्तरिक विवाद चलिरहेको छ । तर त्यो आन्तरिक विवाद के कारणले भइरहेको छ, त्यसबाट सबै बेखबर देखिएका छन् । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको बालुवाटार दौड बाक्लै छ । उहाँहरु दैनिक जसो प्रधानमन्त्री अोलीलाई बालुवाटार जाने गर्नुभएको छ । यो आउजाउमा प्रधानमन्त्री ओली र जसपा नेपालका अध्यक्ष ठाकुरसँग एउटा सहमति भयो, जुन सहमतिका आधारमा नै अहिले सबै कुरा अगाडि बढेका छन् ।
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग नेकपा एमालेको विरुद्धमा नजाने सहमति जनाउनु भएको छ । जुनकुरा न पार्टीलाई जानकारी छ न पत्रकारलाई । जसपा नेपालका अध्यक्ष ठाकुरले आफ्ना विभिन्न माग राखेपछि प्रधानमन्त्री ओलीले सबै माग पुरा गरिदिने प्रतिवद्धता जनाउनु भएको थियो । सो प्रतिवद्धता दिने वित्तिकै अध्यक्ष ठाकुरले भन्नुभयो, त्यसो हो भने जसपा नेपाल तपाई र तपाईको पार्टीको विरुद्धमा जाँदैन तपाई ढुक्क हुनुुस् ।’ यो सहमति भएपछि दुवै पक्षले एकअर्कामाथि विश्वास गरेर अघि बढेका छन् । अहिलेसम्म कसैले कसैमाथि विश्वासघात गरेका छैनन् ।
अध्यक्ष ठाकुरसँग वार्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीले तीनवटा प्रस्ताव गर्नुभएको थियो । सरकारमा आउनुस्, या बाहिरबाट समर्थन गर्नुस् नभए कसैलाई समर्थन नगर्नुस् यी तीनवटा प्रस्तावमध्ये अध्यक्ष ठाकुर कसैलाई समर्थन नगर्ने प्रस्तावमा सहमति गर्नुभयो । कसैलाई समर्थन गर्नु भनेको ओलीको विरुद्धमा जानु हो, ओलीको विरुद्धमा नजानका लागि कसैलाई समर्थन नगर्ने सहमति अध्यक्ष ठाकुरले गर्नुभएको छ । अध्यक्ष ठाकुरले भन्नुभयो, ‘हामी प्रधानमन्त्री अोलीको विरोधमा जाँदैनौ किनभने उहाँले हाम्रो पुरा गर्ने प्रकृया सुरु गर्नुभएको छ, यदि यो बेला हामी उहाँको विरुद्धमा गयौं भने हाम्रो माग पुरा गर्नेमा अवरोध खडा हुन्छ जुन हामी चाहदैनौं, त्यसलै एमालेको विरुद्धमा नजाने पक्षमा हामी छौं ।’ प्रधानमन्त्री ओलीले सुरुदेखि सरकार आउनुस् भन्नुहुन्थ्यो, तर आफूहरुको माग पुरा नभएसम्म सरकारमा नआउने आफूहरु भन्दै आएको बताउँदै उहाँले हाम्रो माग पुरा नभएसम्म सरकारमा आउँदैनौ भनि जवाफ दियौं, त्यसपछि सरकारलाई बाहिरबाट समर्थन गर्नुस् भन्नुभयो, हामीले त्यो पनि हुँदैन भन्यौँ अनि त्यसपछि मलाई समर्थन नगरे अरुलाई पनि समर्थन नगर्नुस् तटस्थ बस्दिनुस् भन्नुभयो हामीले कसैलाई समर्थन गर्दैनौं तटस्थ बस्छौँ भनेका छौं ।’ अध्यक्ष ठाकुरले बालुवाटार गएर यत्रो ठूलो निर्णय लिनुभएको छ तर पार्टीमा कसैलाई थाह छैन ।
अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, प्रधानमन्त्री केपी शर्मा अोलीसँग वार्ता गर्न पार्टीमा रहेका पाँचजना पदाधिकारीलाई जिम्मवारी दिएको थियो तर उहाँहरुले पार्टीलाई कुनै जानकारी नदिइकन वार्ता गरिरहनु भएको छ, कार्यदल पनि गठन गर्नुभएको छ त्यसको बारेमा पनि पार्टीलाई थाह छैन, त्यहाँ वार्ता गरेर के के सहमति गरिरहनु भएको छ त्यो पनि थाह छैन ।’ जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने बताउनुभयो ।
प्रधानमन्त्री ओली प्रगमनकारी हुनुहुन्छ, उहाँले संविधानलाई मिचेर संसद विघटन जस्ता कदम चाल्नु भएको कारण उहाँलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिदै उहााले बताउनुभयो । तर जसपा नेपालका अर्का अध्यक्ष ठाकुरले ओलीसँग सहमति नै गर्नुभएको छ । यसले गर्दा पार्टीमा ठूलै विवाद हुने निश्चित छ ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा राजपा ओलीको विरोधमा जाँदैनन् । त्यो कुरा अध्यक्ष ठाकुरले पटक पटक प्रष्ट पार्नुभएको छ । जसपा नेपालका कार्यकारिणी सदस्य मनिष सुमनले जसपा नेपालले ओलीलाई मात्र होइन, कुनै पनि पार्टीलाई विरोध नगर्ने भनेको बताउनुभयो । ओलीलाई मात्र होइन, जसपा नेपालले माओवादी र काँग्रेसलाई पनि विरोध नगरेको बताउँदै उहाँले ओलीले जसपाको माग पुरा गर्न तयार मात्र होइन, प्रकृया पनि सुरु गरिसकेका हुनाले नैतिकताको हिसाबले पनि उहाँको विरोधमा जान मिल्दैन ।’

तपाईको प्रतिक्रिया